चिनियाँ नागरिकले नेपाली नागरिकता लिएको खुलासा भएको छ।
भारतीय सीमा सुरक्षा बलले एक चिनियाँ नागरिकलाई पक्राउ भएपछि यस्तो खुलासा भएको हो। नेपाली नागरिकतासहित भारत प्रवेश गरेका चिनियाँ नागरिकलाई शनिबार भारतीय एसएसबीले पानीटंकी नाकामा पक्राउ परेको गरेको हो।
उनीलाई भारतमा प्रवेश गराउने उनका दुई नेपाली सहयोगीलाई पनि एसएसबीले पक्राउ गरी आवश्यक कार्यवाही अगाडि बढाएको बताएको छ।
चिनियाँ नागरिक ली सियाकाङ नेपाल–भारतको सीमा नाका काँकडभिट्टा हुँदै नेपाली हुँ भनी भारतको पानीटंकी बजार पुगेका थिए। उनलाई सञ्जीव सुयाल र चित्रगुप्ता अधिकारीले सहयोग गरेका थिए।
सीमामा तैनाथ एसएसबी ४१औँ बटालियनको टोलीले आवश्यक कागजपत्र माग्दा चिनियाँ नागरिक सियाकाङले नेपाली नागरिकताको फोटोकपी देखाएका थिए। तर उनले कसको नागरिकताको फोटोकपी देखाएका थिए भन्ने कुरा खुलेको छैन।
एसएसबीका जवानलाई उनीमाथि शंका लागेर नियन्त्रणमा लिएर सोधपुछ गर्दा सियाकाङ चीनबाट नेपाल आएको खुलेको थियो। त्यसपछि एसएसबीले चिनियाँ नागरिकसहित तीनै जनालाई पक्राउ गरी खोरीबारी प्रहरीलाई जिम्मा लगाएको थियो।
प्रहरीले तीनै जनालाई सिलिगुडी अदालतमा पेस गरेको छ भने घटनाबारे थप अनुसन्धान गरिरहेको बताएको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- जुम्ला–रारा म्याराथन भोलि, ५९१ धावक सहभागी हुँदै
- मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
- प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?
- नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त
- विद्युत् सेवा बन्द हुँदा ४८० घरधुरी अन्धकारमा बस्न बाध्य
- महेन्द्रनगर बजार : सौन्दर्यीकरणका कामसँगै थपियो उत्साह
- भारत र पाकिस्तानबीचको तनावप्रति नेपाल सचेत रहनुपर्नेमा जोड
- कञ्चनपुर-कमला सडक विस्तार: लहानमा ‘ओभरपास’ निर्माण थालियो
- भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही सुरु, तनाव चुलियो
- राष्ट्रिय सूचना आयोगको १८औँ स्थापना दिवसमा प्रधान सम्पादक दाहाल सम्मानित
