हमासले आक्रमण गरिरहेकाे देश इजरायलबाट १८ जना नेपाली स्वदेश फिर्ता भएका छन्।
तेल अभिभस्थित नेपाली दूतावासले मंगलबार १८ जना नेपाली नागरिक इजरायलबाट आफ्नो मातृभूमि प्रस्थान गरेको एक विज्ञप्तिमार्फत जनाएको छ।
चारजना विद्यार्थी, तेह्र जना कामदार र एक पर्यटक रहेको समूहले स्थानीय समय अनुसार दिउँसो २ः५५ बजे बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्पाइसजेट एयरलाइन्सको उडान नम्बर एसजी ९९९६ मा चढेका थिए।
नयाँ दिल्लीस्थित भारतीय दूतावाससँग समन्वय गरी उनीहरुलाई भारतको राजधानी सहर हुँदै ट्रान्जिटको व्यवस्था गरेएको दूतावासले जनाएको छ।
नयाँदिल्ली पुगेपछि त्यहाँको नेपाली दूतावासको सहयोगमा नेपालसम्म पुऱ्याउने गरी व्यवस्था गरिएको तेल अभिभस्थित नेपाली दूतावासले जनाएको छ।
दूतावासले आवश्यकता अनुसार अन्य नेपालीलाई स्वदेश फर्काउन सहजीकरण गरिरहेको र यसका साथै आवश्यक कानूनी प्रक्रिया पूरा गरी पहिचान भएका मृतक व्यक्तिलाई दुई–तीन दिनभित्र नेपाल फर्काउने व्यवस्था मिलाइएको बताएको छ।
अन्य शवको पहिचानको प्रयास जारी रहेको समेत उल्लेख गरेको छ।दूतावासले सम्पर्कविहीन नेपाली नागरिक विपिन जोशीको खोजी तीव्र पारेको पनि जनाएको छ। यसका लागि उपलब्ध सबै स्रोत साधनको उपयोग भइरहेको दूतावासको विज्ञप्तिमा उल्लेख छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- घुम्टोमा घण्टाघर: मर्मतसम्भार शीघ्र पूरा गर्न वीरगञ्जवासीको माग
- के रेबिज खोप चौबिस घण्टाभित्र लगाइसक्नुपर्ने हो ?
- बेलायतमा नेपाली भजन महोत्सव
- उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना
- रेसुंगा विमानस्थलबाट सातामा तीन पटक उडान हुने
- गौतमबद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्न राष्ट्रपतिद्वारा आग्रह
- दही र महीको माग बढ्दै
- चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा…
- रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’
- सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न
