रुपन्देही-दसैंका लागि स्थापना गरिएको दुर्गा मूर्ति विसर्जनका क्रममा कार्तिक ७ गते दानव खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ भने एक जना हराइरहेका छन्। रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नं. १ अमरगन्जबाट मूर्ति विसर्जन गर्न दानव खोलामा गएका तीनै जना एकसाथ खोलामा डुबेको स्थानीयले बताएका छन्।
रुपन्देही जिल्लाको दक्षिण भागमा पर्ने कोटहीमाई गाउँपालिका–१ दुइमोहानघाट स्थित दानव खोलामा डुबेर मृत्यु भएका दुई जनाको शव खोजतलासका क्रममा स्थानीयले फेला पारेका थिएँ। उनीहरूको शव पोस्टमार्टमका लागि भैरहवा लगिएको छ। यसैगरी एक जनाको खोज कार्य जारी रहेको प्रहरीले जनाएको छ।
यसरी खोला डुबेर मृत्यु हुनेहरूमा अमर गन्जका २४ वर्षीय अजय कुमार नाउ र १८ वर्षीय अजय राजभर रहेका छन् भने ३० वर्षीय सन्त कुमार राजभरको खोजी तथा उद्धार कार्य भइरहेको छ। घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले उनको खोजी तथा उद्धार कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
मृतक अजय कुमार नाउँ जिल्ला प्रहरी कार्यालय पाल्पामा कार्यरत प्रहरी जवान हुनुहुन्छ। उहाँ दसैँ मान्न घर बिदामा गएका बेला मूर्ति विसर्जनका क्रममा दानव खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक किशोर केसीले बताउनुभयो।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- जुम्ला–रारा म्याराथन भोलि, ५९१ धावक सहभागी हुँदै
- मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
- प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?
- नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त
- विद्युत् सेवा बन्द हुँदा ४८० घरधुरी अन्धकारमा बस्न बाध्य
- महेन्द्रनगर बजार : सौन्दर्यीकरणका कामसँगै थपियो उत्साह
- भारत र पाकिस्तानबीचको तनावप्रति नेपाल सचेत रहनुपर्नेमा जोड
- कञ्चनपुर-कमला सडक विस्तार: लहानमा ‘ओभरपास’ निर्माण थालियो
- भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही सुरु, तनाव चुलियो
- राष्ट्रिय सूचना आयोगको १८औँ स्थापना दिवसमा प्रधान सम्पादक दाहाल सम्मानित
