गिरिजाप्रसाद कोइराला फाउन्डेसन, अमेरिकाका अध्यक्ष समाजसेवी सोमनाथ घिमिरेलाई अफ्रिकी देश घानाको मानवीय पुरस्कार ग्लोबलले सम्मानित गरेको छ।
यो सम्मान विश्वमा परिवर्तनका नेतृत्वदायी पात्रहरू , स्वयंसेवक नेताहरू, गैरसरकारी संस्थाहरू, परोपकारीहरू र समाजमा सहयोग गर्ने कम्पनीहरूलाई पहिचान र सम्मान गर्न स्थापना गरिएको बताइएको छ।
“हामी स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा मानवीय सेवाका च्याम्पियनहरूलाई कदर र सम्मान गर्न तथा सक्रिय सेवामा समर्पित असाधारण व्यक्तिहरूलाई पुरस्कार प्रदान गर्न खडा भएका छौँ” सो संस्थाले भनेको छ।
मानवीय पुरस्कार ग्लोबलका प्रबन्ध निर्देशक रेन्डी डन्क्वाहले सोमनाथ घिमिरेको नेतृत्वमा गिरिजा प्रसाद कोइराला फाउन्डेसन अमेरिकाले विशेष गरी कोरोना कहरका बेला समर्पणका साथ सेवा पुराई प्रेरणादायी काम गरेको कारण “मानवीय पुरस्कार ग्लोबल” बाट सम्मानित गरेको बताउनु भएको छ।
मानवीय पुरस्कार ग्लोबल-घानाले प्रत्येक वर्ष विश्व भरि बाट समाजमा सकारात्मक प्रभाव पारेका मानिसहरूलाई छनौट गरेर यो पुरस्कार दिइन्छ। यस वर्ष, २०२३ मा विश्वभरि बाट ४८ जनालाई मानवीय पुरस्कार ग्लोबलले सम्मान गरेको छ।
घानाको राजधानी आक्रामा संचारकर्मीहरुसॅंग कुराकानी गर्दै अध्यक्ष घिमिरेले विश्वव्यापी मानवीय पुरस्कार समारोहमा सामेल हुन पाउॅंदा गौरव लागेको र यो पुरस्कारले नेपाल, अमेरिका र अफ्रिकी राष्ट्रहरू बिच पुलको निर्माण गरेको बताउनु भएको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- जुम्ला–रारा म्याराथन भोलि, ५९१ धावक सहभागी हुँदै
- मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
- प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?
- नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त
- विद्युत् सेवा बन्द हुँदा ४८० घरधुरी अन्धकारमा बस्न बाध्य
- महेन्द्रनगर बजार : सौन्दर्यीकरणका कामसँगै थपियो उत्साह
- भारत र पाकिस्तानबीचको तनावप्रति नेपाल सचेत रहनुपर्नेमा जोड
- कञ्चनपुर-कमला सडक विस्तार: लहानमा ‘ओभरपास’ निर्माण थालियो
- भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही सुरु, तनाव चुलियो
- राष्ट्रिय सूचना आयोगको १८औँ स्थापना दिवसमा प्रधान सम्पादक दाहाल सम्मानित
