कमिटी टु प्रोटेक्ट जर्नालिस्ट (सिपिजे) द्वारा भर्खरै जारी सूचना अनुसार प्यालेस्टाइन र इजरायलबिचको युद्धमा मारिने पत्रकार र मिडियाकर्मीहरूको सङ्ख्यामा चिन्ताजनक वृद्धि भइरहे छ। युद्ध सुरु भएदेखि अहिलेसम्म ३६ पत्रकार र सञ्चारकर्मीले ज्यान गुमाएका छन्।
सिपिजेको प्रारम्भिक अनुसन्धान अनुसार प्यालेस्टाइन र इजरायलबिचको युद्ध सुरु भएदेखि नोभेम्बर ३, शुक्रवार सम्ममा १० हजारको मृत्यु भएकोमा ती कम्तीमा ३६ पत्रकार र मिडियाकर्मीहरूको मृत्यु भएको पुष्टि गरेको छ। यसमा गाजा र वेस्ट बैंकमा ९ हजार प्यालेस्टिनीको मृत्यु र इजरायलमा १ हजार १ सय ४० जनाको मृत्यु समावेश छ।
इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले गाजा पट्टीमा कार्यरत पत्रकारहरूको सुरक्षाको ग्यारेन्टी दिन नसक्ने बताएको छ। रोयटर्स र एजेन्सी फ्रान्स प्रेस समाचार एजेन्सीहरूले आफ्ना पत्रकारहरूलाई इजरायली हमलाहरूद्वारा लक्षित नगर्न आग्रह गरेपछि आफूहरूले पत्रकारहरूको सुरक्षाको ग्यारेन्टी दिन नसक्ने आईडीएफले बताएको हो।
गाजा सहरमा इजरायली भूमि हमला, विनाशकारी हवाई आक्रमण, सञ्चार अवरुद्ध, र व्यापक विद्युत् कटौतीका कारण गाजाका पत्रकारहरूले विशेष गरी उच्च जोखिमको सामना गरिरहेका छन्। सिपिजेको नोभेम्बर ३ सम्मको रिपोर्ट अनुसार :
३६ पत्रकार र सञ्चारकर्मीको मृत्यु भएको पुष्टि भएको छ: ३१ प्यालेस्टिनी, ४ इजरायली र १ लेबनानी।
– ८ पत्रकार घाइते
– ३ पत्रकार बेपत्ता
– ८ पत्रकार पक्राउ
– हमला, धम्की, साइबर आक्रमण, सेन्सरसीप, र परिवारका सदस्यहरूको हत्याका धेरै उदाहरणहरू समेत रहेको रिपोर्टमा जनाएको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- घुम्टोमा घण्टाघर: मर्मतसम्भार शीघ्र पूरा गर्न वीरगञ्जवासीको माग
- के रेबिज खोप चौबिस घण्टाभित्र लगाइसक्नुपर्ने हो ?
- बेलायतमा नेपाली भजन महोत्सव
- उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना
- रेसुंगा विमानस्थलबाट सातामा तीन पटक उडान हुने
- गौतमबद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्न राष्ट्रपतिद्वारा आग्रह
- दही र महीको माग बढ्दै
- चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा…
- रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’
- सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न
