मेडिकल व्यवसायी तथा गणतन्त्र विरोधी अभियन्ता दुर्गा प्रसाईंको भक्तपुरस्थित घरलाई सुरक्षाकर्मीले घेरा हालेर राखेका छन्। प्रहरीले प्रसाईंको घर वरपरको क्षेत्रमा ठूलो संख्यामा घेरा हालेको छ।
तीनकुनेमा प्रदर्शन गर्ने बताएपछि उनलाई घरबाटसमेत निस्कन नदिई नजरबन्द गराउने उदेश्यसहित प्रहरीले घेरा हालेको उच्च स्रोतले जानकारी दियो।
प्रसाईको नेतृत्वमा आज काठमाडाैंकाे तीनकुनेमा प्रदर्शनकाे तयारी थियाे । काठमाडाैं प्रशासनले भने सो अभियानलाई तीनकुनेमा प्रदर्शनकाे अनुमति नदिइएकाे भन्दै विज्ञप्ति जारी गरेकाे छ ।
प्रसाईंकाे सचिवालयका अनुसार प्रसाईंलाई प्रहरीले घरबाट बाहिर निस्कन दिएकाे छैन । प्रहरीले नजरबन्दमा राखेकाे कारण बुझ्न प्रहरीकाे केन्द्रीय कार्यालय जान लागेकाे सचिवालय सदस्य विनाेद बजगाईंले बताउनुभयो ।
नागरिक बचाउ अभियानका नाममा प्रसाईंले अराजक शैलीमा भाषण गर्नेदेखि प्रदर्शन गर्ने र गणतन्त्र फालेर राजा ल्याउनेसम्म बताउँदै आएका छन्। आज शुक्रबारसमेत प्रसाईंले तीनकुनेमा प्रदर्शन गर्ने बताएका थिए ।
आफ्नै घरमा प्रेसमिट राखेका दुर्गा प्रसाईले भने आफुलाई समातेर हिरासतमा लैजान चुनौति दिएका छन् ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- ‘मुन्दुम ट्रेल’को प्रवर्द्धन गर्न महोत्सव
- कन्कार्ई पुल : पाँच पटक ठेक्काको म्याद थप , १३ वर्षमा आधा काम
- इजरायली सेनाद्वारा सिरियाबाट तीन हजार हतियार बरामद
- सामाजिक सञ्जालको सदुपयोग गर्दा …
- ब्लू ओरिजिनको पहिलो कक्षीय रकेट प्रक्षेपण स्थगित
- ‘बेलायतसँग भएको सन्धीले नेपाललाई सार्वभौम राष्ट्रका रूपमा चिनायो’
- देवघाटमा आजदेखि माघे सङ्क्रान्ति मेला
- अमेरिकी डलरको भाउ बढ्यो
- आज माघ सङ्क्रान्ति पर्व मनाइँदै
- महाकुम्भमा एक करोड भक्तजनको ऐतिहासिक स्नान