“यो हमला, जबरजस्ती विस्थापन र हजारौँ घरलाई ध्वस्त पार्ने प्रयासबाट हाम्रा कुनै पनि व्यक्ति अछूतो रहेनन्”, उहाँले एक भाषणमा भन्नुभयो, “रगतको खोलो, ठूलो बलिदान, पीडा र आफ्नो भूमिमा प्यालेस्टिनी जनताको वीरतापूर्ण दृढ स्वतन्त्रता तथा मर्यादाको बाटो हो ।”
गाजास्थित स्वास्थ्य मन्त्रालयले गाजापट्टीमा जारी इजराइली हमलामा पछिल्लो २४ घन्टामा कम्तीमा एक सय ६६ प्यालेस्टिनीको मृत्यु र तीन सय ८४ जना घाइते भएको जनाएको छ । प्यालेस्टिनी सुरक्षा स्रोतका अनुसार गाजापट्टीका अधिकांश भागमा हवाई, स्थल र समुद्रबाट तीव्र इजराइली बमबारीका साथै भूमिगत कारबाही जारी रहँदा त्यतिका सङख्यामा प्यालेस्टिनीको ज्यान गएको हो ।
अल–जायटोन छिमेकको पूर्वी बाहिरी इलाका र गाजा सहरको दक्षिणी इलाकामा पछिल्लो केही घन्टामा सबैभन्दा तीव्र झडपहरू भएको र यसक्रममा विस्फोटको आवाज पनि सुनिएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
यसैबीच इजराइली सेनाले मध्य देइर अल–बलाह सहरमा अल–बराका छिमेकमा मानवीय उद्देश्यका लागि सैन्य गतिविधिलाई अस्थायी रणनीतिक निलम्बनको घोषणा गरेको छ । यो निलम्बन छ घन्टासम्म चल्नेछ ।
इजराइली सञ्चारमाध्यमका अनुसार पछिल्लो २४ घन्टामा लडाइँमा आठ सैनिक मारिएको र १३ जना घाइते भएका छन् ।
गाजास्थित स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७ मा युद्ध सुरु भएयता हालसम्म २० हजार चार सय २४ प्यालेस्टिनी नागरिक मारिएका छन् भने ५४ हजार ३६ जना घाइते भएका छन् ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- उच्च गरिबी र अशिक्षाका कारण नागरिक बीमाको पहुँच बाहिर
- कतारले भन्यो- रफाह आक्रमणले हमास वार्तालाई ‘पछाडि’ धकेल्यो
- पोखरालाई फोहरबाट हरित रोजगारी सिर्जनाका लागि ९८ लाख डलर
- नयाँ शब्दजालमा नीति तथा कार्यक्रम
- न्यायमा पहुँचका लागि अनलाइन सर्वोच्च अदालत
- तालाभीत्र झण्डै २० हजार केजी रक्तचन्दन
- किन मरे आँधीमूलका माछा?
- प्रख्यात इतिहासकार ज्ञानमणि नेपालको निधन
- दश महिनामा सरकारको बजेट खर्च ६० प्रतिशत: महालेखा नियन्त्रक कार्यालय
- आँधीका कारण भारतमा १४ जनाको मृत्यु