नेतन्याहू, ग्यालेन्ट र देइफविरुद्धको आइसिसीको पक्राउ पुर्जी ‘बाध्यकारी’: इयू

युरोपेली सङ्घ (इयूले )इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु, उहाँका पूर्व रक्षामन्त्री योआभ ग्यालेन्ट र हमासका सैन्य प्रमुख मोहम्मद देइफविरुद्ध बिहीबार जारी गरिएको पक्राउ पुर्जी ‘बाध्यकारी’ भएको र यसलाई कार्यान्वयन गरिनुपर्ने बताएको छ ।

निर्णयलाई अमेरिकाले ‘आधारभूत रूपमा अस्वीकार’ गरेको ह्वाइट हाउसले बिहीबार जनाएको छ ।

“पक्राउ पुर्जी माग्ने अभियोजकको हतारो र प्रक्रियाको त्रुटिका कारण यो निर्णय भएकोमा हामी निकै चिन्तित छौं। संयुक्त राज्य अमेरिका स्पष्ट छ कि यस मामिलामा आईसीसीको क्षेत्राधिकार छैन,” अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ताले भन्नुभयो ।

युरोपेली सङ्घ (इयू) का विदेश नीति प्रमुख जोसेफ बोरेलले भन्नुभयो, “नेतन्याहु, ग्यालेन्ट र देइफविरुद्ध बिहीबार जारी गरिएको पक्राउ पुर्जी ‘बाध्यकारी’ भएको र यसलाई कार्यान्वयन गरिनुपर्ने बताउनुभएको हो ।”

उहाँले भन्नुभयो, “यो राजनीतिक निर्णय होइन । यो अदालतको पनि अदालत अन्तर्राष्ट्रिय अदालतको निर्णय हो । अदालतको निर्णयलाई सम्मान र कार्यान्वयन गर्नुपर्छ,” जोसेफ बोरेलले जोर्डनको राजधानी अम्मानको भ्रमणका क्रममा भन्नुभयो ।

जोर्डनका विदेशमन्त्री अयमान सफादीसँगको संयुक्त पत्रकार सम्मेलनपछि उहाँले भन्नुभयो, “यो निर्णय बाध्यकारी निर्णय हो र युरोपियन युनियनका सबै सदस्यहरू पनि सामेल सबै राज्य, अदालतका सबै राज्य पक्षहरू यो अदालतको निर्णय कार्यान्वयन गर्न बाध्य छन्।”

आइसिसीको यो कदमले नेतन्याहूको गतिविधिलाई सैद्धान्तिक रूपमा सीमित गरेको छ किनभने अदालतका १२४ राष्ट्रिय सदस्यहरूमध्ये कुनै पनि नेतान्याहुलाई आफ्नो इलाकामा गिरफ्तार गर्न बाध्य हुनेछन्।

इजरायलले अगस्टको सुरुमा जुलाईमा दक्षिणी गाजामा भएको हवाई आक्रमणमा देइफको मृत्यु भएको बताएको थियो तर हमासले उहाँको मृत्युको पुष्टि गरेको छैन ।

अदालतले देइफको मृत्यु भएको हो वा होइन भन्ने कुरा अभियोजनकर्ताले यकिन गर्न नसकेकाले पक्राउ पुर्जी जारी गरिएको हो।

बोरेलले अर्को महिना आफ्नो उत्तराधिकारी काजा कल्लासलाई इयूको विदेश नीति प्रमुखको पदीय जिम्मेवारी हस्तान्तरण गर्दै हुनुहुन्छ ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link