कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउन बाली तथा बागवानी प्रविधि तथा वैज्ञानिकहरू बिच बुधवार देखि छलफल सुरु भएको छ । कृषि अनुसन्धान निर्देशनालय परवानीपुरमा मुलुकभरिका वैज्ञानिक तथा प्राविधिक अधिकृतहरूको भेला सुरु भएको हो ।
पाँच दिनसम्म चल्ने बाली तथा बागवानी अनुसन्धान कार्य गोष्ठीको उद्घाटन गर्दै प्रमुख अतिथि कार्यकारी अनुसन्धान निर्देशक डाक्टर ध्रुवराज भट्टराईले कृषि क्षेत्रलाई अझ प्रभावकारी बनाउन पर्ने आवश्यकता रहेको बताउनुभयो । नेपाल कृषि अनुसन्धान परिषद्का कार्यकारी अनुसन्धान निर्देशक भट्टराईले कृषि क्षेत्रमा बढ्दै गएको आयातलाई निरुत्साहित बनाउन यो भेला फलदायी हुने धारणा व्यक्त गर्नुभयो ।
उहाँले वाली तथा बागवानीमा देखा पर्ने समस्याहरूको सही पहिचान गरी साधनाको लागी कार्यक्रमका योजना तर्जुमा गर्न यो भेलाका सहभागीहरूको लागी धेरै फलदायी हुने आशा व्यक्त गर्नुभयो । नेपाल कृषि अनुसन्धान परिषद्का वालि तथा बागवानी निर्देशक डाक्टर टिका बहादुर कार्कीको अध्यक्षतामा गोष्ठीको उद्घाटन सत्र सम्पन्न भएको थियो ।
मुलुकभरिको सात वटा बाली तथा बागवानी अनुसन्धान कार्यालयहरूले संयुक्त आयोजना गरेको उक्त राष्ट्रिय गोष्ठीमा लगभग २ सय भन्दा बढी कृषि प्राविधिक अधिकृत एवम् वैज्ञानिकहरूको सहभागिता रहेको जानकारी गराइएको थियो ।
पाँच दिनसम्म चल्ने गोष्ठीले धान, मकै, गहुँ, तेलहन, जुट र पहाडी वाली तथा बागवानीका देखा पर्ने समस्या जस्तै चिसोमा मुसुरो रोग, बर्सेनि दुई धान वाली लगायतका वाली तथा बागवानीमा देखा पर्ने समस्याहरूको पहिचान गरी त्यसको समाधानको लागी सरकारको नीति अनुसार विभिन्न कार्यक्रमहरूको योजना गर्ने कृषि अनुसन्धान निर्देशनालय परवानीपुरका प्रमुख डाक्टर बिपी यादवले बताउनुभयो ।
उहाँले मुलुकको ७० प्रतिशत भन्दा बढी कृषि क्षेत्र ओगटेको मधेस प्रदेशमा भइरहेको कृषि वैज्ञानिकहरूको राष्ट्रिय भेलाबाट कृषि क्षेत्रलाई अझ प्रभावकारी बनाउने आशा व्यक्त गर्नुभयो ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- फोहरलाई मोहरमा बदल्दै युवा
- लुलु गाईको संरक्षणमा ध्यान नपुग्दा लोपोन्मुख अवस्था
- नेपाल राष्ट्र बैंक : चालु खाता र शोधनान्तर बचतमा
- काठमाडौँ -फाप्लु हप्तामा चार दिन उडान
- इजरायली आक्रमणबाट गाजा २२ जनाको मृत्यु, कयौ घाइते
- युएईमा अत्यधिक तापक्रम : ५१.६ डिग्री सेल्सियस
- मकैमा किरा देखिन थालेपछि किसान चिन्तामा
- शुक्लाफाँटा आरक्ष विस्थापितहरू : २४ वर्षदेखि न्यायको पर्खाइ
- आजको विदेशी मुद्राको विनिमय दर कस्तो छ ?
- पर्वतारोहण पथप्रदर्शक पेसामा शेर्पा युवाको घट्दो आकर्षण
