बाँकेको डुडुवा गाउँपालिकाले छात्रा प्रोत्साहन कार्यक्रमअन्तर्गत एसइई पास गरेका छात्रालाई साइकल वितरण गरेको छ। घरदेखि टाढा बजारसम्म गएर उच्च शिक्षा हासिल गर्न सहजता तथा उत्प्रेरणाका लागि गाउँपालिकाअन्तर्गतका सामुदायिक विद्यालयका छात्रालाई आइतबार साइकल वितरण गरिएको हो। विसं २०७९ मा एसइई पास गरेका गाउँपालिकाका सात माध्यमिक विद्यालयका ९२ छात्रालाई साइकल वितरण गरिएको शिक्षा शाखाका स्रोत व्यक्ति राम एकवाल मण्डलले बताउनुभयो।
गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले किशोरीलाई उच्च शिक्षा हासिल गर्न प्रोत्साहन गरेको उल्लेख गर्दै उच्च शिक्षा हासिल गर्न टाढा तथा बजारसम्म आवतजावत गर्न मद्दत पुग्ने बताउनुभयो। उहाँले विशेषगरी मधेसी समुदायका किशोरीले साधारण कक्षा पढेपछि विभिन्न कारण उच्च शिक्षा हासिल गर्न नसकेको समस्यालाई यो कार्यक्रमले अन्त्य गर्ने विश्वास व्यक्त गर्नुभयो।
अध्यक्ष चौधरीले शिक्षा भनेको उज्यालोको प्रकाश भएकाले बालबालिकालाई शिक्षातर्फ विशेष ध्यान दिनुपर्नेमा जोड दिँदै पालिकाभित्र सञ्चालित विद्यालयमा शैक्षिक गुणस्तरीयताका लागि पहिलो चरणमा आधारभूत विद्यालयलाई सिसीक्यामेरामार्फत निगरानी सुरु गरिएको बताउनुभयो। उहाँले डुडुवाले संस्कार शिक्षालाई जोड दिँदै आगामी शैक्षिकसत्रदेखि स्थानीय पाठ्यक्रम तयार गरी लागू गर्न लागेको बताउनुभयो।
गाउँपालिकाले किशोरीलाई शिक्षातर्फ आकर्षण गर्नका लागि कन्या मुद्दती खाता योजना पनि लागू गरेको छ। पालिकाले बालविवाह बढी र शिक्षामा कमजोर रहेको बालिका शिक्षालाई उकास्न कन्या मुद्दति खाताको कार्यक्रम अघि सारेको शिक्षा शाखा प्रमुख सञ्जयकुमार कर्णले जानकारी दिनुभयो।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- जुम्ला–रारा म्याराथन भोलि, ५९१ धावक सहभागी हुँदै
- मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
- प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?
- नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त
- विद्युत् सेवा बन्द हुँदा ४८० घरधुरी अन्धकारमा बस्न बाध्य
- महेन्द्रनगर बजार : सौन्दर्यीकरणका कामसँगै थपियो उत्साह
- भारत र पाकिस्तानबीचको तनावप्रति नेपाल सचेत रहनुपर्नेमा जोड
- कञ्चनपुर-कमला सडक विस्तार: लहानमा ‘ओभरपास’ निर्माण थालियो
- भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही सुरु, तनाव चुलियो
- राष्ट्रिय सूचना आयोगको १८औँ स्थापना दिवसमा प्रधान सम्पादक दाहाल सम्मानित
