पश्चिमी पाकिस्तानको बलुचिस्तान प्रान्तमा सुरक्षा बलसँग रातभर चलेको मुठभेडमा कम्तीमा छ आतङ्ककारी मारिएको एक अधिकारीले बताएका छन् ।
प्रान्तीय सरकारका प्रवक्ता जान अचकजाईले अर्धसैनिक मुख्यालय र एक प्रहरी चौकीसहित कम्तीमा तीन वटा राज्य सुविधामा सुरक्षा बलहरूले समन्वित हमलालाहरूलाई असफल बनाइदिएको बताउनुभयो ।
उहाँले मध्य बोलान जिल्लामा हमलाका क्रममा छ आतङ्ककारी मारिएको जानकारी दिनुभयो । मेडिकल उद्धार टोलीले हमलामा १३ सर्वसाधारण घाइते भएका र तीमध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको जानकारी दिएको छ ।
सशस्त्र पृथकतावादी समूह बलुचिस्तान लिबरेसन आर्मी (बिएलए)ले हमलाको जिम्मेबारी लिएको छ । इस्लामाबाद दशकौँदेखि प्राकृतिक स्रोतहरूले समृद्ध पाकिस्तानको सबैभन्दा ठूलो तर सबैभन्दा गरिब प्रान्त बलुचिस्तानमा जातीय पृथकतावादी गुटहरूसँग लडिरहेको छ ।
स्थानीय बासिन्दाहरूले बलुचिस्तान क्षेत्र पाकिस्तानको मानव विकास सूचकाङ्कमा लगातार तल्लो स्थानमा रहेकाले आफूहरूलाई तेल र ग्यास भण्डारबाट सम्पत्तिको उचित हिस्सा प्राप्त नभएको बताएका छन् ।
अधिकार समूहहरूले जातीय बलुच नागरिकहरूमाथि सैन्य कारबाहीमा जबरजस्ती बेपत्ता र गैरन्यायिक हत्याहरू समावेश भएको बताएका छन् । यसै महिना तेहरानले पाकिस्तानमा शरण लिएका इरानविरोधी आतङ्कवादीहरूमाथि निशाना बनाएपछि इस्लामाबादले पनि छिमकी इरानमा शरण लिएका बिएलए लडाकूहरूमा हमला गरेसँगै यस क्षेत्रमा आतङ्कवादलाई लिएर तनाव बढेको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- बजारमा बेतका फर्निचरको माग बढ्दै
- भयावह बन्दै खानेपानीको समस्या
- वीरगञ्ज सुक्खा बन्दरगाहबाट लक्ष्यभन्दा कम राजस्व सङ्कलन
- जानकीको सम्झना
- सन्दीपलाई सफाइ, निलम्बन फुकुवा
- एक घर, एक झुलको सपना
- वसन्तको आकर्षणः अक्करे भिरमा महसिकार
- बिहीबारदेखि उपत्यकाका यी स्थानहरूमा विद्युत् आपूर्ति प्रभावित हुने
- उच्च गरिबी र अशिक्षाका कारण नागरिक बीमाको पहुँच बाहिर
- कतारले भन्यो- रफाह आक्रमणले हमास वार्तालाई ‘पछाडि’ धकेल्यो