सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नं ३ र चौतारा साँगाचोकगढी नगरपालिका–११ ले बाँदरबाट बालीनाली जोगाउन रुख र झाडी काट्ने निर्णय गरेको छ ।
त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ३ का वडाध्यक्ष शिवकुमार कार्कीले एक सूचना जारी गरी फागुन महिनाभित्र रुख काट्न र झाडी सुधार गर्न आह्वान गर्नुभएको छ । उहाँले यो काममा सहयोग पुर्याउन सबै टोल विकास समिति, वन उपभोक्ता समिति, जनप्रतिनिधि र समाजसेवीलाई अनुरोधसमेत गर्नुभएको छ ।
यसअघि चौतारा साँगाचोकगढी नगरपालिका–११ ले पनि बाँदरको आतङ्क नियन्त्रण गरेर बालीनाली जोगाउन खेतबारीका रुख कटान गर्ने अभियान चलाएको छ । बाँदरलगायत वन्यजन्तु धपाउन प्रहरी परिचालन गर्दासमेत केही सीप नलागेपछि बाध्य भएर रुख कटान गर्ने अभियान चलाइएको वडाध्यक्ष रोशनराज गिरी बताउनुहुन्छ ।
गाउँमा युवा नभएका र वृद्धवृद्धा, महिला र बालबालिकाले सबै फँडानीको काम गर्न नसक्ने गुनासो वडा कार्यालयमा आएकाले वडा कार्यालयले नै रुख काट्ने र झाडी फाँड्ने निधो गरेको उहाँको भनाइ छ । यसअघि पनि वडा कार्यालयले बाँदरबाट बालीनाली जोगाउन ठाउँठाउँमा जाल राखेको थियो । बँदेलबाट मकैलगायत बाली जोगाउन विद्युतीय तारबारसमेत लागाएको वडाध्यक्ष गिरीको भनाइ छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- तोसिबाले जापानमा चार हजार रोजगारी कटौती गर्ने
- दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह
- कसरी बच्ने ‘लु’ बाट?
- प्लास्टिकमुक्त रारा
- सेनाले दुई शव र आठ हजार किलो फोहर उठायो
- खेतमा फर्कियो फापर
- किन हराउँदैछ जेठो बुढो?
- अवैध उत्खननमा प्रयोग भएका स्काभेटर, टिपर र ट्याक्टर प्रहरी नियन्त्रणमा
- वन्यजन्तुसँगको द्वन्द्वमा चितवनमा मात्रै ७ मारिए
- जलवायु परिवर्तनले सिर्जना गर्ने लैङ्गिक विभेदमा गम्भीर बन्न आवश्यक: रेखा शर्मा