गाजा पट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या २८ हजार नाघेको गाजास्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयले जनाए अनुसार इजरायली सेनाको आक्रमणबाट गत २४ घण्टामा ११७ प्यालेस्टाइनीहरूजि मृत्यु बएको छ भने १ सय ५२ जना घाइते भएका छन् । योसँगै गत अक्टोबर ७ मा इजरायल–हमास द्वन्द्व शुरु भएदेखि मृत्यु हुनेको कुल सङ्ख्या २८ हजार ६४ पुगेको छ भने घाइतेको सङ्ख्या ६७ हजार ६११ पुगेको छ ।
इजरायली सेनाले गाजाको दक्षिणी भागमा रहेको रफाह शहरमा शुक्रबार रातिदेखि हवाई आक्रमण गरेको छ जसमा कम्तीमा २८ जनाको मृत्यु भएको सरकारी प्यालेस्टाइन टिभीले उल्लेख गरेको छ ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सेनालाई रफाहमा हमास ब्रिगेडका बाँकी रहेकाहरूलाई हटाउनको लागि भूमिगत अपरेशनको योजना तयार गर्न निर्देशन दिनु भएको थियो।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- पुल एकातिर, खोला अर्कैतिर
- इजरायली आक्रमणबाट गाजाको जबलिया शिविरमा रहेका २८ जनाको मृत्यु
- पाँच सय किसान जो सागसब्जी फलाएर गर्छन् आकर्षक आम्दानी
- चल्ला कोरल्न राप्तीबाट ल्याइयो घडियालका २४७ अण्डा
- के छ स्टार्टअप नीतिमा?
- एकै विषयमा पटक–पटक आदेश गर्नुपर्ने अवस्था सुखद् होइनः प्रधानन्यायाधीश
- ढाकामा रमाउँदै रितु थापामगर
- ‘इकोली’ ले माछा मरेपछि आँधीमूलमा क्षमापूजा
- डढेलोका घटनाः चैतमा १४२४ र वैशाखमा ३२७०
- स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रमका लागि १३ मिलियन यूरो