मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको दमौली बजारका ७४ घर भत्काउनुपर्ने भएकाले त्यसमा स्थानीय सकारात्मक भएका छन्।
व्यास नगरपालिका–२ वडा कार्यालयमा आइतबार भएको अनौपचारिक छलफलमा स्थानीयले यथाशक्य चाँडो सडक किनारमा पर्ने आफ्ना घर भत्काएर कामलाई तीव्रता दिन सहमति जनाएका हुन्।
मुग्लिन–पोखरा सडक विस्तार योजना पूर्वीखण्डका इन्जिनियर, तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष वैकुण्ठनाथ मिश्रसहितका पदाधिकारीको बैठकले बाटो विस्तारका निम्ति भत्काउनुपर्ने ठहर भएका घर यथाशीघ्र भत्काउने निर्णय गरेको हो।
व्यास नगरपालिका–२ मुख्यचोकका धरधनी मिश्रले फागुन १ गते आफैँले आफ्नो घर भत्काउन सुरु गरेर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले भन्नुभयो, “आयोजनाको कामलाई तीव्रता दिन हामी सहयोगका गर्न तयार छौँ।”
व्यास नगरपालिका–२ का वडा सदस्य सुरेश वाग्लेले दमौली बजारमा घरहरु भत्काउन ढिलाइ भएकाले छिटो घर भत्काएर काममा सहयोग गर्न आग्रह गर्नुभएको थियो।
मुग्लिन–पोखरा सडक विस्तार योजना (पूर्वी खण्ड)का इन्जिनियर विष्णुप्रसाद पाण्डेले यो खण्डको अन्य ठाउँमा सडकभित्रका संरचना हटाएर काम भइरहेपनि सदरमुकाम दमौलीका संरचना हटाउन विलम्ब भएको बताउनुभयो। उहाँले भन्नुभयो, “आजको अनौपचारिक छलफलमा स्थानीय घर भत्काउन सहमत हुनुभएको छ। अब मुख्य बजार क्षेत्रको कामले गति लिनेमा विश्वस्त छौँ।”पाण्डेका अनुसार दमौली बजारका ७४ घर भत्काइनेछ।
उक्त सडकअन्तर्गत तनहुँको बन्दीपुर, आँबुखैरेनी, छिर्कनेलगायतका ठाउँमा संरचना हटाएर काम अगाडि बढिरहेको छ। बन्दीपुर र आँबुखैरेनी खण्डमा २० किलोमिटर खण्ड कालोपत्र भइसकेको छ। पूर्वीखण्डअन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्मको प्रगति ४४ प्रतिशत रहेको छ।
पूर्वी खण्डअन्तर्गत दमौली मादी नदीमा आर्क डिजाइनको पुल निर्माण सुरु भएको छ। पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- सहरी क्षेत्रमा आगलागी नियन्त्रणका लागि ‘ड्राइ राइजर’
- दोलालघाटस्थित सुनकोशी नदीमा तटबन्ध बनाउन प्रस्ताव
- भारतको तमिलनाडुमा साँढे जुधाई क्रममा सात जनाको मृत्यु, ४०० घाइते
- कङ्गोमा दूई लाख भन्दा बढी मानिस विस्थापितः युएनएचसीआर
- प्रधानमन्त्री कप महिला क्रिकेट : सुदूरपश्चिम ‘सुपर फोर’मा
- अमेरिकी राष्ट्रपति बाइडेनद्वारा दुई हजार ५०० जनालाई क्षमादान
- न सडक न बत्ती सधैँ अँध्यारो नार्पाभूमिका बस्ती
- नेपाल-भारत सीमास्तम्भको मर्मत सुरु
- दक्षिण सुडानमा भएको झडपमा कम्तीमा १६ जनाको मृत्यु
- ‘मुन्दुम ट्रेल’को प्रवर्द्धन गर्न महोत्सव