ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा टपरी गाँस्ने र धुपबत्ती बाट्ने प्रतियोगिता भएको छ। मौलिक हस्तकलालाई संरक्षण तथा प्रवर्द्धन गर्नका लागि ताप्लेजुङ पर्यटन महोत्सवको अवसरमा प्रतियोगिताको आयोजना गरिएको हो। धुपबत्ती बाट्ने प्रतियोगितामा सुकमाया फुरुम्बु प्रथम, कृष्णमाया कार्की दोस्रो हुनुभएका छ। त्यस्तै राधिका खवास तृतीय भएकी छन्। धुपबत्ती बाट्ने प्रतियोगिताका संयोजक अञ्जना कडरियाका अनुसार प्रतियोगितामा १७ जनाले प्रतियोगितामा भाग लिएका थिए।
त्यस्तै टपरी बुन्ने प्रतियोगितामा टीकादेवी भट्टराई प्रथम हुनुभएको आयोजकले जनाएको छ। विष्णुमाया गिरी दोस्रो हुनुभएको छ। त्यस्तै दिलमाया तामाङ तेस्रो हुनुभएको छ। टपरी बुन्ने प्रतियोगिता संयोजक मात्रिकादेवी प्रर्साइंका अनुसार प्रतियोगितामा २२ जनाले सहभागी जनाएको थियो। नयाँ पुस्तालाई दैनिक जीवनमा आइपर्ने सीप पुस्तान्तरणको उद्देश्यसहित टपरी गाँस्ने र धुपबत्ती बाट्ने प्रतियोगिता सञ्चालन गरिएको नेपाल घरेलु तथा साना उद्योग महासङ्घ ताप्लेजुङका अध्यक्ष राजेन्द्र भारतीले बताउनुभयो। पछिल्लो पुस्तामा बत्ती बाट्ने र दुना–टपरी गाँस्ने सीपको ज्ञान कमै रहेकाले सीप पुस्तान्तरणका लागि प्रतियोगिता आयोजना गरिएको हो।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- दही र महीको माग बढ्दै
- चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा…
- रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’
- सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न
- ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार
- जुम्ला–रारा म्याराथन भोलि, ५९१ धावक सहभागी हुँदै
- मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
- प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?
- नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त
- विद्युत् सेवा बन्द हुँदा ४८० घरधुरी अन्धकारमा बस्न बाध्य
