भारतको राजस्थान तीव्र गर्मीको चपेटामा छ। उक्त क्षेत्रमा तापक्रम ५० डिग्री सेल्सियस पुगेपछि मृत्युको खबर पनि आउन थालेको छ । राजधानी जयपुरमा आठ वर्षयताकै उच्च ४६ डिग्रीभन्दा माथि तापक्रम मापन गरिएको थियो । तापक्रमका कारण सर्वसाधरणको मृत्यु मृत्यु हुन थालेको स्थानीय सञ्चारमाध्यमले जनाएको छ ।
राजस्थानका फलोदी सहरमा ५० डिग्री सेल्सियस तापक्रम पुगेको हो । राजस्थानको लगभग सबै ठाउँमा ४५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम मापन गरिएको छ । स्थानीय सरकारले गर्मी मौसममा सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।
राजस्थानमा ‘हिट स्ट्रोक’ बिरामीहरूको सङ्ख्या तीन हजार भन्दा बढी पुगेको छ । मौसम विभागले पहिले नै मानिसहरूलाई गर्मीको जोखिमबाट बच्न र चिसो ठाउँमा बस्न सुझाव दिएको छ । विभागले तिर्खा नलागे पनि पर्याप्त पानी पिएर ‘हाइड्रेटेड’ रहन आग्रह गरेको छ ।
भारतका ठूलो क्षेत्र हाल गर्मीको लहरको चपेटामा छ । यसबाट मानिसहरूको स्वास्थ्य र जीविकोपार्जनमा गम्भीर असर पारेको छ । गत महिना भारतीय मौसम विभागले देशले अप्रिलदेखि जुनसम्म चरम गर्मीको सामना गर्ने र मध्य तथा पश्चिमी प्रायद्वीप क्षेत्रहरू सबैभन्दा बढी प्रभावित हुने अनुमान गरेको थियो ।
त्यस्तै पाकिस्तानमा पनि यतिबेला निकै गर्मी छ । पाकिस्तानका केही क्षेत्रमा पनि तापक्रम ५० डिग्री भन्दा बढी सेल्सियस पुगेको छ ।पाकिस्तानका धेरैजसो क्षेत्रमा यतिबेला अत्याधिक गर्मी भइरहेको छ । पाकिस्तानमा गर्मीको चरम अवस्था आइसकेको नभए पनि अत्याधिक गर्मीका कारण यस हप्ताको सुरुमा विद्यालय बन्द गरिएको छ ।
पाकिस्तानमा मानिसहरूलाई घाममा बाहिर निसकने क्रम कम गर्न निर्देशन दिइएको छ। सिन्ध प्रान्तको ज्याकोबाबादका डाक्टर गुलाम मोहम्मदले तातो स्ट्रोकबाट बच्न प्रशासनले शिविर स्थापना गरेको बताए।
गुलाम मोहम्मदले भने, “हामीले तातो स्ट्रोक शिविर स्थापना गरेका छौं। दैनिक १० देखि १२ जना विभिन्न लक्षणका बिरामी आउने गरेका छन् । कसैलाई दुखाइको गुनासो छ भने कसैलाई ज्वरो आएको छ । हामीले तुरुन्तै उनलाई भर्ना गरेर उपचार गरिरहेका छौं।”
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- बालीनालीमा छरेको विषादीले मौरी सखाप
- कटान नियन्त्रण नहुँदा सुरौदी खोला जलाधार क्षेत्रका स्थानीय मारमा
- शुक्लाफाँटाको सबै वडामा माटोको नमुना परीक्षण
- हराउँदै छ चौतारा र घैँटोमा पानी राख्ने चलन
- सुनाखरी मध्यवर्ती सामुदायिक ‘होमस्टे’मा पाहुना आकर्षित हुँदा व्यवसायी उत्साहित
- संघीय संसद्को दुवै बैठक बस्दै: सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल
- सिंगापुरमा पिपल्स एक्सन पार्टीको लगातार चौधौं जित
- नागढुंगा नौबिसे सडक विस्तार: रातमा पाँच घण्टा बन्द गरिने
- एउटै बोटमा तीनदेखि चारवटासम्म घोगा लागेपछि किसान उत्साहित
- आजको मौसम
