सूचना आयोगको लोकसेवा आयोगलाई आदेश: उत्तर पुस्तिकाको परीक्षण अङ्कसहितको प्रतिलिपि दिनु

राष्ट्रिय सूचना आयोगले लोकसेवा आयोगलाई परीक्षार्थीको उत्तर पुस्तिकाको परीक्षण अङ्कसहितको प्रमाणित प्रतिलिपि’ १५ दिनभित्र दिन आदेश गरेको छ ।

गत जेठ १७ गते सूचनाको हक सम्बन्धी ऐनको दफा १० (३)(क)  बमोजिम सूचना उपलब्ध गराउनु भन्दै आयोगका प्रमुख सूचना आयुक्त महेन्द्र मान गुरुङ तथा आयुक्तद्वय रत्नप्रसाद मैनाली र कमला ओली थापाको संयुक्त इजलासले उक्त आदेश गरेको हो ।

इन्द्रावती-०४,  सिन्धुपाल्चोक स्थायी ठेगाना भएकाका पूर्णप्रसाद मिश्रले लोकसेवा आयोगसँग ‘मिति २०८० भदौ २४ र भदौ २५ गते सञ्चालन भएको राष्ट्रिय समाचार समिति सातौँ तह सह समाचारदाता/सह सम्पादक (नेपाली) पदको आन्तरिक प्रतिस्पर्धामा आफु सहभागि परीक्षाको  पहिलो र दोस्रो पत्रको लिखित परीक्षाको उत्तर पुस्तिकाको परीक्षण अङ्कसहितको प्रमाणित प्रतिलिपि माग गर्नुभएको थियो ।

मिश्रले मागेको सूचना लोकसेवा आयोगले दिन नमिल्ने भन्दै आलटाल गरेपछि सूचना उपलब्ध गराइदिन भन्दै उहाँले राष्ट्रिय सूचना आयोगमा पुनरावेदन दर्ता गर्नुभएको थियो । आयोगले सोही पुनरावेदनको आधारमा लोकसेवा आयोगलाई पुनरावेदकलाई १५ दिन भित्र सूचना दिनु भन्दै आदेश दिएको हो ।

सूचना आयोगले जारी गरेको आदेशमा निजले प्राप्त गरेको अन्तर्वार्ताको अङ्कसहितको प्रमाणित प्रतिलिपि उपलब्ध गराउन भनिएको छ ।

लोकसेवा आयोले भने ‘लोक सेवा आयोग ऐन, २०७९ को दफा ५२ को उपदफा (१) मा आयोगको परीक्षाको गोप्यता र संवेदनशीलतालाई मध्यनजर गरी परीक्षासँग सम्बन्धित लिखत तथा कागजात गोप्य रहने बताउँदै आएको छ । लोकसेवाले यससँगै अदालतले परीक्षासँग सम्बन्धित लिखत तथा कागजात उपलब्ध गराउनु भन्ने आदेश आएको बाहेक उक्त कागजात सार्वजनिक गर्न बाध्य नहुने बताउँदै आएको छ ।

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link