देशभर साधारणतयादेखि पूर्णतया बदली रहेको छ। कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरूमा गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ । देशैभरका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।
त्यस्तै आज राति देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ । देशका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै सबै प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- सिंगापुरमा पिपल्स एक्सन पार्टीको लगातार चौधौं जित
- नागढुंगा नौबिसे सडक विस्तार: रातमा पाँच घण्टा बन्द गरिने
- एउटै बोटमा तीनदेखि चारवटासम्म घोगा लागेपछि किसान उत्साहित
- आजको मौसम
- मोबाइल र टर्च चार्ज गरेको १० रुपैयाँ !
- जनप्रतिनिधि र कर्मचारीका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउन निर्देशन
- नीति तथा कार्यक्रम : बीमाको आर्थिक संकटसँग जुध्ने प्रयास
- अमेरिकी डलरको मूल्य बढ्दो, कति छ अन्य विदेशी मुद्राको मूल्य?
- वन श्रमिकका समस्या : न बीमा न सुरक्षा
- ढोरपाटनमा सकियो दोस्रो सिकारयाम
