त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा यात्रुबाहक बसको खोजी र उद्धारका लागि सशस्त्र प्रहरी बलको टोली घटनास्थल पुगेको छ ।
सशस्त्रको गोताखोर टोली नदीभित्र छिरेर बसको खोजी गरिरहेको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
उद्धार टोली डुबेको बसको अवस्था शुक्रवार बिहान करिब ८ बजेसम्म फेला पार्न नसकेको उनले बताए ।
अविरल वर्षासँगै आएको पहिरोले शुक्रवार बिहान दामो दूरीमा चल्ने दुईवटा गाडी बगाएको छ । पर्साको वीरगञ्जबाट काठमाडौं आउँदै गरेको माइक्रो बस (विङर गाडी) र काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्सको बस बगेर त्रिशूली नदीमा बेपत्ता भएका हुन् ।
भरतपुर महानगरपालिका २९ स्थित सिमलतालमा शुक्रवार बिहान ३ बजे उक्त घटना भएको सशस्त्रका सहप्रवक्ता डीएसपी थापाले जानकारी दिए ।
गौरबाट जाँदै गरेको बसमा करिब ४०–४१ जना तथा वीरगञ्जबाट आउँदै गरेको माइक्रोमा २०–२१ जना यात्रु सवार थिए । बस र माइक्रो पूरै नदीमा डुबेको भन्ने प्रारम्भिक जानकारी प्राप्त भएको प्रवक्ता थापाले बताए ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- दही र महीको माग बढ्दै
- चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा…
- रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’
- सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न
- ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार
- जुम्ला–रारा म्याराथन भोलि, ५९१ धावक सहभागी हुँदै
- मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
- प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?
- नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त
- विद्युत् सेवा बन्द हुँदा ४८० घरधुरी अन्धकारमा बस्न बाध्य
