बङ्गलादेशको आन्दोलनमा १२३ जनाको मृत्यु, ८ सय विद्यार्थी नेपाल फर्किए

बङ्गलादेशका विभिन्न शहरमा विद्यार्थीको प्रदर्शनका कारण बढ्दै गएको हिंसाकमा परी कम्तीमा १२३ जनाको मृत्यु भएको छ ।

सरकारी सेवामा रहेको कोटा प्रणाली खारेजीको माग गर्दै भएको आन्दोलनमा परी उनीहरूको मृत्यु भएको हो ।

सरकारले शनिबार मध्यरातदेखि लागू हुने गरी निशेधाज्ञा आदेश जारी गर्दै सेना परिचालन गरेको छ।  स्थितिलाई नियन्त्रण गर्न देशव्यापी रूपमा सेना तैनाथ गरिएको छ ।

स्थानीय समयअनुसार आइतबार बिहान १० बजेसम्म कफ्र्यू जारी रहनेछ । निशेधाज्ञा पछि राजधानी ढाकाका सडकहरू सुनसान थिए भने बख्तरबन्दसहितका सुरक्षा कर्मचारीले दुई करोड व्यक्ति बसोबास गर्ने विशाल शहर ढाकालाई गस्ती गरिरहेका छ।

सोही तनावका कारण करिब ८०० जना नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् । परराष्ट्र मन्त्रालयले शनिबार राति यसबारे जानकारी गराएको हो । उनीहरु हवाइ र स्थलमार्ग हुँदै नेपाल आएको मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत जानकारी गराएको हो ।

‘हालसम्म झण्डै ८०० नेपाली विद्यार्थीले हवाई तथा स्थलमार्ग हुँदै बंगलादेश छाडेका छन्’  मन्त्रालयको भनाइ छ, ’ढाकास्थित नेपाली दूतावासले अधिकांश विद्यार्थीहरूसँग बंगलादेशका विभिन्न स्थानहरूबाट ढाका विमानस्थल तथा सम्बन्धित सीमा नाकाहरूमा सुरक्षित यात्राको लागि समन्वय गरेको छ।’

दूतावासले बंगलादेशका विश्वविद्यालयहरू, सम्बन्धित निकायहरू र कानून प्रवर्तन एजेन्सीहरूसँग  समन्वय गर्दै आएको पनि मन्त्रालयको भनाइ छ । नेपाल सरकार सबै नेपाली विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्न प्रतिबद्ध रहेको मन्त्रालयले जनाएको छ ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link