झापामा आज छुट्टाछुट्टै ठाउँमा भएका दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । कमल गाउँपालिकामा दुई जना तथा मेचीनगर नगरपालिकामा एक जनाको मृत्यु भएको हो ।
पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मेचीनगर–७ मा काँकरभिट्टातर्फ आउँदै गरेको प्रदेश नम्बर १–०१–०१७ प ७४४ नम्बरको मोटरसाइकलले सोही स्थानमा विपरित दिशाबाट जाँदै गरेको साइकललाई ठक्कर दिँदा साइकल यात्री मेचीनगर–७ का ५० वर्षीय विगेन राजवंशीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो । उक्त दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर–६ का २० वर्षीय अभिषेक लिम्बू र मोटसाइकलको पछाडि सवार सोही स्थानका २१ वर्षीय रमेश श्रेष्ठ घाइते भएका छन् । घाइतेको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।
यस्तै कमल–४ अमलडाँगीस्थित पूर्व–पश्चिम राजमार्गमा केर्खाबाट दमकतर्फ आउँदै गरेको को २७ प ३५१३ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सो दुर्घटनामा शिवसताक्षी–८ का वर्ष ३३ वर्षीय अनिलकुमार लिम्बू र सोही स्थानका २० वर्षीय सोमराज लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- इजरायली आक्रमणमा हमासका प्रमुख सिनवार मारिए, रोकिएला युद्ध ?
- बाढीपहिरो क्षतिः काभ्रेका छजना अझै बेपत्ता, ७८ को मृत्यु
- नेपालको मिडिया परिदृश्य ‘कठिन समय’ को सामना गर्दै
- नाइजेरियामा इन्धन ट्याङ्कर विस्फोटमा १४० भन्दा बढीको मृत्यु
- माटोका भाँडा बेचेर मासिक ८० हजारसम्म कमाउँछन् पण्डित
- सहकारीमार्फत दूधको बजारीकरण भएपछि किसान उत्साहित
- कोशी प्रदेशमा ३४ करोड मूल्य बराबरको अन्नबालीमा क्षति
- जो सिलौटो बेचेर मासिक ४० हजार कमाउँछन्…
- गलकोट दरबार
- उत्तरगया धाम