स्वास्थ्य सेवा महानिर्देशनालय (डिजिएचएस) ले स्थानीय समयअनुसार आइतबार बिहान ८ बजेसम्म पछिल्लो २४ घण्टामा एक हजार दुई सय ९८ नयाँ डेङ्गुको मामिला पुष्टि भएका घटनाहरू रिपोर्ट गरेको छ । यो सङ्ख्यासँगै यस महिनाको कूल सङ्ख्या १८ हजार नौ सय ४२ पुगेको छ ।
डिजिएचएसले आइतबार थप छ जनाको मृत्युको पुष्टि गरेको छ । यस वर्ष बङ्गलादेशमा डेङ्गुका कारण मृत्यु हुनेको कूल सङ्ख्या दुई सय ४७ पुगेको छ ।
डेङ्गुको थप फैलावट रोक्न बङ्गलादेशी स्वास्थ्य अधिकारीहरूले लामखुट्टेको प्रजनन नियन्त्रण गर्न र एन्टी–लार्भाल अपरेशनहरू सञ्चालन गर्ने उपायहरूलाई बलियो बनाएका छन् ।
बङ्गलादेशमा सन् २०२३ मा डेङ्गुका कारण एक हजार सात सय तीन जनाको मृत्यु भएको थियो । जुन सबैभन्दा बढी वार्षिक मृत्युको सङ्ख्या हो । त्यसको तुलनामा सन् २०२२ मा दुई सय ८१ र सन् २०१९ मा एक सय ७९ जनको डेङ्गुका कारण मृत्यु भएको रिपोर्ट गरिएको थियो ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- सात वर्षमा पनि पूरा भएन मालढुङ्गा–बेनी–जोमसोम सडक
- ‘सधैँ सडकमै बित्छ रात’
- नोबेल पुरस्कार बिजेता साईमोन जोन्सोनसँग सुमितको अन्तरवार्त: ‘इन्क एण्ड इन्साइट्सको’ प्रशंसा
- शून्य कार्बन स्कुलको अवधारणा कार्यान्वयन
- ड्रागन फ्रुटसँगै सयपत्री फूलको खेती
- अमेरिकाले इजरायली गोप्य योजना चुहावटको अनुसन्धान गर्ने
- उद्धारको पर्खाइमै मर्छन् लोपोन्मूख वन्यजन्तु
- कोही ‘डुलुवा’, कोही ‘घुमन्ते’
- इजरायली बन्धकलाई रिहा गर्न अलकायदा प्रमुखका सल्लाहकारको आग्रह
- चिउरीको दाना पेलेर घ्यूको जोहो