बागलुङ नगरपालिका-७ कालीमाटीको ग्रिन ल्याण्ड बहुउद्देश्यीय कृषि फार्ममा पाँच हजार कुखुरा पालेर यहाँका एक उद्यमीले मासिक रु. एक लाख ५० हजार बचत गर्दै आएका छन् ।
स्थानीय ओमराज शर्माले सञ्चालन गरेका कुखुरा फार्मबाट दैनिक पाँच हजार अण्डाको बजारीकरण भइरहेको छ । बाह्र वर्ष कतार बसेर फर्किएका शर्माले कुखुरा पालनमा आम्दानी र जोखिम बराबर रहेको बताए ।
“तीन हजार कुखुरा पाल्दै आएको थिएँ, हाल थप दुई हजारले अण्डा दिन सुरु गरेका छन्, दैनिक पाँच हजार अण्डा बजार बेच्ने गरेको छु”, उद्यमी शर्माले भने ।
एक करोड ५० लाख लागतमा फार्म स्थापना गरी सञ्चालनमा ल्याएको बताउँदै उनले अण्डाको बजारीकरणका लागि बागलुङ बजारमा डिपो, एउटा पिकअप जिप र चार जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् । फार्मको कमाइबाट आफू सन्तुष्ट रहेको बताउँदै अहिले कर्मचारीलाई तलब खर्च कटाए मासिक रु. एक लाख ५० हजार बचत हुने गरेको उद्यमी शर्माले बताए ।
अण्डा बिक्रीका लागि बजार अभाव नभएको बताउँदै बाहिरबाट आउने अण्डाका कारण मूल्य भने अस्थिर हुने गरेको उनले बताए । किसानलाई स्थानीय सरकारले प्राविधिक सहयोग गर्नुपर्नेमा उनले जोड दिए । कुखुरा पालनभन्दा गाई बाख्रा पाल्न सहज हुने उनको अनुभव छ । त्यसैले अब उहाँ व्यावसायिक रूपमा गाई र बाख्रा पालनको योजना कार्यान्वयनमा छन् ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- विवाहोत्सवमा खर्च हुने रकम विद्यालय विकास कोषमा
- बजेट अभाव हुँदा खानेपानी आयोजना अलपत्र
- जर्मनीमा स्कोल्जलाई अविश्वासको मत, प्रारम्भिक चुनाव सुरु
- ब्रिजवाटर फाउन्डेसनद्वारा तीन जना व्यक्तित्व अभिनन्दित
- पाँच महिनामा पुँजीगत खर्च ११ प्रतिशत, २८ प्रतिशत राजस्व सङ्कलन
- बङ्गलादेशमा एक बर्षभित्र निर्वाचन हुने
- बसाइँसराइले रित्तियो हिमालपारीको जाङ गाउँ
- पत्रकार महासङ्घको अध्यक्षमा शर्मा निर्वाचित
- चरम इजरायल विरोधी नीतिका कारण आयरल्यान्डमा दूतावास बन्द गर्दै इजरायलको
- गलैँचा र मुढा बेचेको रकम घर पठाउँदै कैदीबन्दी