इंग्लिश क्लब लिभरपुल, आर्सनल र एस्टन भिल्ला सिधै च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेका छन् । लिभरपुल झण्डै शतप्रतिशत नतिजाका साथ अन्तिम १६ मा पुगेको छ भने आर्सनलले ६ खेल जित्दा १ बराबरी र १ खेलमा हारको सामना गर्दै अन्तिम १६ मा पुगेको छ ।
इटालीका इन्टर मिलान, एसी मिलान च्याम्पियन्स लिगको अघिल्लो चरण प्रवेश गरेका छन् । एसी मिलानले स्पेनको गिरोनालाई १-० ले हराउँदा इन्टरले चेक गणतन्त्रको स्पार्टा प्रागलाई १-० ले नै हरायो । साथै स्पेनबाट बार्सिलोना मात्रै सिधै अन्तिम १६ मा पुगेको छ ।
स्पेनिस क्लब रियाल मड्रिडले ब्रेस्टलाई सहजै हराए पनि च्याम्पियन्स लिगको अन्तिम आठमा ठाउँ बनाउन असफल रहयो । अब उसले प्लेअफको सामना गर्नु पर्ने भएको छ । प्लेअफमा रियालको भेट म्यान्चेस्टर सिटी वा सेल्टिक वा अन्य कसैसँग हुनेछ । समूह चरणको अन्तिम खेलमा रियालले फ्रान्सको बे्रस्टलाई ३-० ले हरायो ।
इंग्लिश क्लब म्यान्चेस्टर सिटी च्याम्पियन्स लिगको प्लेअपबाट आउट हुनबाट जोगिएको छ । बुधबार राती भएको समूह चरणको अन्तिम खेलमा बेल्जियमको क्लब ब्रुगलाई ३-१ ले हराएर म्यान्सिटी शर्मनाक बहिर्गमनबाट जोगिएको हो । जितसँगै पेप ग्वार्डिवलाको टोली शीर्ष २४ भित्र सुरक्षित भएको छ भने अब अघिल्लो चरण प्रवेश गर्न प्लेअफको सामना गर्नु पर्ने छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- ड्रागन फ्रुटबाट वार्षिक दश लाख आम्दानी
- आज ज्येष्ठ शुक्ल एकादशी: तुलसीको दल राखिँदै
- अमेरिकाले नेपालीका लागि अस्थायी संरक्षण खारेज गर्दै
- प्रतिक्रिया स्वरूप रुसको युक्रेनमाथि आक्रमण
- नयाँ स्वरूपमा फिफा क्लब विश्वकप २०२५
- ट्रम्पद्वारा १२ देशका नागरिकलाई अमेरिका यात्रामा पूर्ण प्रतिबन्ध
- इजरायल -प्यालेस्टाइन गाजा युद्धमा २०० पत्रकार तथा संचारकर्मीको मृत्यु
- बेंगलोरमा ट्रफी परेडका क्रममा भएको भगदौडमा ११ को मृत्यु र ३३ घाइते
- आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड : नेपाल बंगलादेश व्यापार
- सुडानमा चलिरहेको युद्धले चार लाखभन्दा बढी नागरिक विस्थापित
