आफैँले कामबाट निकालेका कर्मचारीहरूलाई अमेरिकी सरकारले पुनः काममा फिर्ता ल्याउने कोशिस गरिरहेको छ ।
बर्खास्तका कारण देशको राष्ट्रिय सुरक्षा नै चौपट हुने हो कि भन्ने पीर बढ्दै गएपछि सरकारले आणविक सुरक्षा कर्मचारीलाई पुनः भर्ती गर्न लागेको अमेरिकी सञ्चारमाध्यमहरूले बताएका छन् ।
ऊर्जा मन्त्रालयबाट सयौँ कर्मचारीलाई कामबाट निकालिएको पत्र दिइएको थियो । राष्ट्रिय आणविक सुरक्षा प्रशासन (एएनएसए)का कामदारहरू यीनैमध्ये थिए । यो विभागले अमेरिकाको परमाणु हतियारको डिजाइन तयार पार्ने, निरीक्षण गर्ने र सञ्चिति बढाउने काम गर्दै आएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले संघीय सरकारको खर्च कम गर्न संघीय कार्यबलबाट ठुलो संख्यामा कर्मचारी घटाइरहेका छन् ।
जनवरी २० मा कार्यभार सम्हालेको पहिलो दिनदेखि नै उनले यो अभियान तीव्र पारेका छन् । कुर्सीमा बसेको एक महिना पुगिनसक्दै सरकारले हजारौँ कर्मचारीलाई इमेल, भिडियोलगायत माध्यमबाट बर्खास्त गरेको सूचना दिइसकेको छ ।
सरकारले एनएनएसएका ३०० भन्दा बढी कर्मचारीलाई पनि हटाएको अमेरिकी सञ्चार माध्यमले बताएका छन् । बिहीबार गरिएको कर्मचारी कटौतीमा परमाणु हतियार बनाउने केन्द्रका कर्मचारी पनि भएको सीएनएनले जनाएको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- आज बिहानैदेखि सरकारका वेभसाइटहरु डाउन
- आगलागी हुँदा पाँच परिवारको विचल्ली
- जसले न्याय खोज्दाखोज्दै प्राण त्यागिन्
- राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
- यू-१९ विश्वकप एसिया छनोटमा नेपालको लगातार तेस्रो जित
- अस्तव्यस्त सडक, मारमा जनता : आन्दोलनमय राजधानी
- आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा, स्थानीय वायुको प्रभाव कायमै
- इलामका सीमावर्ती गाउँमा विद्यार्थी छन्, विद्यालय छैनन्
- काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस
- पाँचखालका इँटाभट्टा बन्द गर्न सर्वोच्चको आदेश
