भारतको जम्मु–कश्मिरको पहलगामस्थित बाइसरन उपत्यकामा मंगलबार दिउँसो भएको आतंकवादी हमलामा एक नेपालीसहित कम्तीमा २६ जनाको मृत्यु भएको छ। हमलामा १७ जना घाइते भएका छन्।
भारतीय सञ्चार माध्यमका अनुसार, बन्दुकधारी आतंकवादी समूहले गरेको आक्रमणमा नेपाली नागरिक सन्दीप न्यौपानेको मृत्यु भएको छ, तर उनको थप विवरण उपलब्ध छैन। मृतकमध्ये दुई विदेशी नागरिक, एक नौसेना जवान र दुई स्थानीयको पहिचान खुलेको छ।
मारिनेहरु २४ जना भारतका विभिन्न राज्यका छन्। अर्का संयुक्त अरब इमिरेट्सका रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। घटनाप्रति नेपालसहित विभिन्न मुलुकले निन्दा व्यक्त गरेको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- विद्युत् सेवा बन्द हुँदा ४८० घरधुरी अन्धकारमा बस्न बाध्य
- महेन्द्रनगर बजार : सौन्दर्यीकरणका कामसँगै थपियो उत्साह
- भारत र पाकिस्तानबीचको तनावप्रति नेपाल सचेत रहनुपर्नेमा जोड
- कञ्चनपुर-कमला सडक विस्तार: लहानमा ‘ओभरपास’ निर्माण थालियो
- भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही सुरु, तनाव चुलियो
- राष्ट्रिय सूचना आयोगको १८औँ स्थापना दिवसमा प्रधान सम्पादक दाहाल सम्मानित
- बालीनालीमा छरेको विषादीले मौरी सखाप
- कटान नियन्त्रण नहुँदा सुरौदी खोला जलाधार क्षेत्रका स्थानीय मारमा
- शुक्लाफाँटाको सबै वडामा माटोको नमुना परीक्षण
- हराउँदै छ चौतारा र घैँटोमा पानी राख्ने चलन
