रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले बगाएर ल्याएका शवहरू नारायणी र त्रिशूली नदीका विभिन्न तटीय क्षेत्रमा फेला पर्ने क्रम जारी छ।
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–४ स्थित नारायणी नदीमा बिहीबार बिहानसम्म बाढीले बगाएर ल्याएका थप पाँच वटा शव फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक मदन थापाका अनुसार नारायणी नदीको बी.गैप बाँध ठोकर नं. १४ मा तीन वटा, ठोकर नं. ७ मा एक वटा र नदीको बिच भागमा एक वटा गरी कुल पाँच वटा शव फेला परेका हुन्।
तनहुँमा भेटिएका ९ शव पोखरा ल्याइयो
यसै गरी, तनहुँस्थित आँबुखैरेनी–४ देखि देवघाटसम्मको त्रिशूली नदी क्षेत्रमा भेटिएका नौ वटा शवलाई परीक्षण र व्यवस्थापनका लागि पोखरा ल्याइएको छ। कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएका ती शवहरूको परीक्षण तथा व्यवस्थापनको काम सुरु भइसकेको छ। पोखरा ल्याइएका शवहरूमा पाँच पुरुष, एक महिला, एक बालक, एक बालिका र एक जना पहिचान खुल्न नसकेको शव रहेका छन्।
यसअघि तनहुँमा फेला परेका ती शवहरूलाई परीक्षणका लागि भरतपुर अस्पताल पठाइएको भए पनि त्यहाँ शव गृह भरिएर राख्ने ठाउँ नभएपछि पोखरा ल्याउनु परेको हो। चितवनमा भेटिएका अन्य शवहरू पनि व्यवस्थापनका लागि पोखरा ल्याउने तयारी भइरहेको कास्की प्रशासनले जनाएको छ। तनहुँ प्रहरीले आँबुखैरेनीदेखि देवघाटसम्मको नदी क्षेत्रलाई प्राथमिकतामा राखेर खोजी तथा निगरानी तीव्र पारेको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- वीपी राजमार्ग पुनःनिर्माणले तीव्रता: जाइकाले सुरु गर्यो बर्खेखोला–पिप्ले खण्डको काम
- काग तिहार पर्व आज: यमराजका दूत कागको पूजा
- एनपीएल आज: अपराजित लुम्बिनी लायन्स र काठमान्डु गोर्खाजबिच खेल
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- आजको मौसम: पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली, बाँकी ठाउँमा मौसम सामान्यतया सफा रहने
- बाढीले मध्यकालीगण्डकी जलविद्युत् आयोजनामा ठूलो क्षति, तिहारलगत्तै पुनर्निर्माण सुरु गरिने
- हिन्दु र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल पार्वतीकुण्ड
- एनपीएल २०२६: लुम्बिनी र काठमाडौँको जित, आज सुदूरपश्चिम र कर्णाली भिड्दै
- आजका लागि विदेशी मुद्राको विनिमय दर
- आजको मौसम पूर्वानुमान: हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा