बाढी अपडेट: मृत्यु हुनेको संख्या १७७ पुग्यो

रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोमा परी मृत्यु हुनेको संख्या १७७ पुगेको छ।

नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बाढी तथा पहिरो प्रभावित क्षेत्रबाट हालसम्म १७७ जनाको शव फेला परेको हो। प्रहरीका अनुसार रसुवामा २, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा ६९, गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा ३२ र नवलपरासी पश्चिममा ६ जनाको शव फेला परेको छ।

साथै बढीमा परी घाइते भएका ३३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

यसैबीच, रसुवामा आएको बाढीपछि २८ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन रहेका छन्। उनीहरूको खोजी तथा उद्धारका लागि प्रयास जारी रहेको छ।

बाढी तथा पहिरो प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई निरन्तरता दिइएको छ। विपद् प्रतिकार्यका लागि ३ हजार ३१८ जना सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ।

बाढी तथा पहिरोका कारण विभिन्न स्थानमा सडक, पुल, विद्युत् तथा अन्य भौतिक पूर्वाधारमा क्षति पुगेको छ भने निजी सम्पत्तिमा समेत ठूलो क्षति भएको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link