फागू पूर्णिमाको सुखद् उपलक्षमा, वेलकम एड्भरटाईजिङ्गले आफ्नै प्राङ्गणमा आपसी एकता, सद्भाव, भाईचारा, मित्रता र प्रेमको प्रतिकको रुपमा रहेको रंगहरुको पर्व होली, सामाजिक परम्परा र संस्कृतिलाई निरन्तरता दिदैं “जीवन होलीका रगंहरुजस्तैं उज्यालो र रंगीन होस्” भन्ने नाराका साथ विशेष कार्यक्रमको आयोजना गरी मनाएको छ ।
नेपाल विज्ञापन संघ (आन) का पूर्व अध्यक्ष एवं वेलकम ग्रुपका अध्यक्ष निर्मलराज पौडेलले वेलकम ग्रुपमा कार्यरत कर्मचारीहरुलाई उत्सवको पर्व होलीको शुभकामना सहित होलीको रंग लगाइदिदै उहाँले “जीवन होलीका रगंहरुजस्तैं उज्यालो र रंगीन होस्” भन्ने धारणा व्यक्त गर्दै यस्ता कार्यक्रमले कर्मचारीहरुबिच आपसी भाईचाराको राम्रो विकास हुनुका साथै आपसमा थप खुसी र विश्वास बढ्ने बताउनुभयो ।
एक आपसमा रहेका मनमुटाब बिर्सिएर आपसी सम्बन्धलाई अझ सुमधुर बनाउने माध्यमको रुपमा यस चाडको छुट्टै विशेषता रहेको छ । परापुर्व कालदेखि “असत्य माथी सत्यको विजय” को प्रतिकको रुपमा होली पर्व मनाइन्छ । कार्यक्रममा कर्मचारीहरु सेतो टिर्सटमा होलीका बिभिन्न रंगहरूमा रंगिए पछि होलीे पर्वको उत्साह छुट्टै देखिएको थियोे ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी
- फेरिँदैछ वीरगञ्ज
- विश्व आर्थिक मञ्चको प्रमुख एजेन्डा- गाजामा युद्धविराम
- वायु प्रदूषणको मार बालबालिका तथा महिलामा बढी
- क्षतिपूर्ति माग्दै प्रसारण लाइन बिस्तारमा अवरोध
- गुड्खाले बढायो मुखको क्यान्सर
- लगानी बढाउनका लागि नीतिमा स्पष्टताः अमेरिकी राजदूत
- किक बक्सिङका हिमचितुवाको नयाँ कीर्तिमान
- हर्कको अस्थायी योजनाले गरेन कामः धरानमा खानेपानीको अभाव
- दयाहाङको निर्देशक बन्ने चाहना