भारतमा फेरी कोरोनाको कहर- संक्रमितको संख्या २८ प्रतिशतले बढ्यो- नेपालको तयारी खै?

भारतमा कोरोना भाइरसको संक्रमणको गति फेरि बढ्दै गएको छ । केसहरु दिन प्रतिदिन तिब्र गतिमा बढिरहेको संचारमाध्यमले जनाएका छन् । शनिबार (अप्रिल १) को तुलनामा आइतबार रेकर्ड भएको नयाँ कोरोना संक्रमित २८ प्रतिशतले बढी भएको भारतिय केन्द्रीय स्वास्थ्य मन्त्रालयले यसबारे जानकारी दिएको हो ।

डब्ल्युएचओको अलर्टः

यसैबीच, विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले महामारीको सम्भावित नयाँ चरणलाई दृष्टिगत गरी करोनाविरुद्धका खोप लगाउन आह्वान गरेको छ । स्वस्थ बालबालिका तथा किशोर किशोरीहरूलाई खोप आवश्यक नभए पनि वृद्ध र उच्च जोखिममा रहेका समूहलाई अन्तिम खोप लगाएको छ देखि १२ महिनाको अन्तरालमा ‘बुस्टर डोज’ लगाउन सुझाएको छ ।

नेपालमा रोकथामकालागी तयारी खै?

छिमेकी मुलुकमा कोरोनाका बिरामी तिब्रगतिमा बढिरहँदा नेपाल-भारत सीमा नाकामा भने संक्रमण नियन्त्रणको कुनै पूर्वतयारी छैन । खुला सीमामा बेरोकतोक आवतजावत चलिरहँदा नागरिकले पनि सावधानी अपनाउनुपर्छ भन्ने कुरा बिर्सिएजस्तो देखिन्छ । लाखौको संख्यामा भारतमा काम गर्न गएका नेपालीहरू पहिले जस्तै फर्कन थाले भने भारत-नेपाल सिमामा उनीहरूको व्यवस्थापन र देश भित्र कोरोना फैलन नदिन सावधानीका लागि सरकारले अझै कार्यक्रम बाहिर ल्याएको छैन।

भारतमा यसरी फैलिदै छ कोरोना भाइरसः

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार भारतमा २४ घण्टाभित्र ३ हजार ८२४ नयाँ कोरोना संक्रमित थपिएका छन् । शनिबार यो संख्या करिब २ हजार थियो । आइतबार दर्ता भएका केसहरू पश्चात देशमा सक्रिय बिरामीको संख्या १८ हजार ३ सय ८९ पुगेको छ । तथ्याङ्कले कोभिडबाट निको हुनेको संख्या बढेर ४.४७ करोड (४,४७,२२,६०५) पुगेको छ । पाँच जनाको मृत्युसँगै मृत्यु हुनेको संख्या बढेर ५,३०,८८१ पुगेको छ, बिहान ८ बजे अपडेट गरिएको तथ्यांकले जनाएको छ।

रिकभरी दर ९८.७७ प्रतिशत

२४ घण्टाको अवधिमा दिल्ली, हरियाणा, केरला र राजस्थानमा एक–एक जनाको मृत्यु भएको र केरलामा एक जनाको मृत्यु भएको पुष्टि भएको छ । मन्त्रालयको वेबसाइटका अनुसार देशमा सक्रिय केसहरू कुल केसको ०.०४ प्रतिशत छन्। स्वास्थ्य मन्त्रालयको वेबसाइटका अनुसार राष्ट्रिय कोभिड–१९ निको हुने दर ९८.७७ प्रतिशत रहेको छ ।

मृत्युदर १.१९ प्रतिशत

दैनिक सकारात्मकता दर २.८७ प्रतिशत र साप्ताहिक सकारात्मकता दर २.२४ प्रतिशत रहेको छ । योसँगै यस रोगबाट निको हुनेको संख्या ४ लाख ४१ लाख ७३ हजार ३ सय ३५ पुगेको छ भने मृत्युदर १ दशमलव १९ प्रतिशत रहेको छ। मन्त्रालयको वेबसाइटका अनुसार राष्ट्रव्यापी खोप अभियानअन्तर्गत हालसम्म कोभिड–१९ खोपको २२०.६६ करोड डोज दिइएको छ । गत वर्ष भारतमा कोभिड-१९ को सङ्ख्या ७ अगस्ट २०२० मा २० लाख, अगस्ट २३ मा ३० लाख, सेप्टेम्बर ५ मा ४० लाख र सेप्टेम्बर १६ मा ५० लाख नाघेको थियो। -जिएनबीबाट

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
भारतमा फेरी कोरोनाको कहर- संक्रमितको संख्या २८ प्रतिशतले बढ्यो- नेपालको तयारी खै?
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link