ढल्याे लुम्बिनी सरकार, मुख्यमन्त्री गिरीले पाएनन् विश्वासको मत

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले विश्वासको मत गुमाउनु भएकाे छ । बुधबार प्रदेशसभामा मुख्यमन्त्री लीला गिरीले प्रदेशसभाबाट विश्वासको मत नपाएसँगै उहाँ नेतृत्वको सरकार ढलेको हो।

८७ सांसद रहेको लुम्बिनीमा बहुमतका लागि ४४ मत आवश्यक पर्छ । तर एमालेका २९ र राप्रपाका ४ सांसदले मात्रै सरकारलाई समर्थन जनाउनुभएकाे थियाे । एक जना स्वतन्त्रसहित सत्तारूढ दलका ५३ जना सांसदले गिरीको विपक्षमा मतदान गर्नुभएकाे हाे ।

एमालेबाट मुख्यमन्त्री बन्नुभएका गिरी नेतृत्वको सरकारलाई दिएको समर्थन माओवादी केन्द्र लगायतका दलले फिर्ता लिएपछि मुख्यमन्त्री गिरीले पुनः विश्वासको मत लिने प्रयास गर्नुभएकाे थियाे ।

यसअघि विश्वासको मत नपाएपछि सूदूरपश्चिम र गण्डकीमा पनि एमाले नेतृत्वको सरकार ढलेको थियो । सदूरपश्चिममा एमाले सरकार ढलेर कांग्रेस नेतृत्वको सरकार बनेको छ  भने गण्डकीमा नयाँ सरकार बनाउन छलफल चलिरहेको छ।  कोशी प्रदेशमा मात्रै एमाले नेृतत्वको सरकार बाँकी रहेको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link