आगामी मे २९ का दिन न्यूयोर्कको ज्याक्सनहाइट्स स्थित १५ स्ट्रीटमा पर्ने ब्रडवे देखि उडसाइडसम्मको २ ब्लक सडकको नाम पहिलो सगरमाथा आरोही तेन्जिङ शेर्पाको नाममा “तेन्जिङ नोर्गे शेर्पा वे” घोषणा गरिने भएको छ ।
७०औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस अर्थात् सन् १९५३ मे २९ मा तेन्जिङ शेर्पा न्यूजील्याण्डका एडमन्ड हिलारीसँगै सगरमाथाको शिखरमा पहिलोपटक पुगेको ७०औं वार्षिकोत्सवको अवसरमा न्यूयोर्क सिटी काउन्सिलसंग शेर्पा किदुग अमेरिकाद्वारा समन्वय तथा अनुरोध गरि सो स्ट्रीटको नामाकरण गरिने निर्णय भएको हो । यो गौरवमय विशेष कार्यक्रममा सम्पूर्ण नेपाली समुदाय, संघसंस्था, र व्यक्ति व्यक्तित्वहरुलाई सहभागिताको निम्ति निमन्त्रणा अनुरोध गरिएको छ ।
मुख्य आयोजक नेपाल क्लाईम्बर्स एशोशियशन र शेर्पा किदुग अमेरिका एवं सह आयोजक अन्य नेपाली संघसंस्थाको आयोजनामा हुन गैरहेको उक्त घोषणा कार्यक्रममा “Sea to Summit” अभियान अन्तर्गत नेपालको पर्यटन प्रवर्द्धन हुनेगरी सो नामाकरण गरिएको सडकमा उक्त दिन सड़क महोत्सव तथा हिमाल, पहाड र तराईका सांस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरिने भएको छ । जस अन्तर्गत थारु; नेवारी; मगर; तामाङ; गुरुङ; किराँत;, शेर्पा लगायतका संस्कृति झल्किने सांस्कृतिक प्रस्तुतिहरु रहने छन् ।
यस अघि, सन् २०१९ को मार्च महिनामा सोही ७५ स्ट्रिटकै केही भाग सडकलाई (३१ एभिन्यु र ७५ स्ट्रीटको कर्नर) माउन्ट एभरेष्ट वे नामाकरण गरिसकिएको छ । जिएनबीबाट
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- पूर्वीचितवनका सिमसारमा ५५ प्रजातिका चरा भेटिए
- आठ करोडको लगानीमा पर्वतमा चुत्रो प्रशोधन उद्योग सञ्चालन
- मस्क र पूर्व ईयू प्रविधि प्रमुख ब्रेटनबीच जर्मनीको विषयमा विवाद
- लस एन्जलस आगलागीः भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
- सूर्योदय
- जलक्रिडा गर्दै मरुल
- भुवनेश्वरी मन्दिर
- चन्द्रमा
- चोभार सुक्खा बन्दरगाह
- मुसे चिल