विश्वव्यापी आर्थिक संकटबीच माइक्रोसफ्ट स्वामित्वको लिंक्डइनले ७ सयभन्दा बढी कर्मचारी निकाल्दै

माइक्रोसफ्ट स्वामित्वको प्रोफेसनल नेटवर्किङ प्लेटफर्म लिंक्डइनले ७ सयभन्दा बढी कर्मचारी (३.५ प्रतिशत) कटौती गर्ने तयारी गरेको छ । साथै चीन केन्द्रित जागिरको आवेदन पनि बन्द गर्ने बताइएको छ । कमजोर विश्वव्यापी आर्थिक संकट र मागको कमीका कारण कम्पनीले यो कदम उठाएको बुझिएको छ ।

रोजगारकेन्द्रित सामाजिक सञ्जालले गत फेब्रुअरीमा भर्ती विभागका कर्मचारीलाई निष्कासन गरेको थियो । पछिल्लो कर्मचारी कटौती बाँकी कति कर्मचारी प्रभावित बनेका छन् भन्ने स्पष्ट हुन नसकेको इकोनोमिक टाइम्सले लेखेको छ । रोयटर्सको रिपोर्टअनुसार करिब २० हजार कर्मचारीलाई रोजागारी दिइरहेको लिंक्डइनले गत वर्षको प्रत्येक तीन महिनामा राजस्व वृद्धि गरेको बताएको छ ।

रिपोर्टमा भनिएको छ कि सिइओ रयान रोस्लान्स्कीले कर्मचारीलाई लेखेको पत्रमा बिक्री, सञ्चालन र समर्थन समूहमा भूमिका कटौती गर्नुको उद्देश्य भनेको कम्पनीलको सञ्चालनलाई व्यवस्थित बनाउन र शीघ्र निर्णय गर्न सक्षम पार्ने थियो । ‘बजार र ग्राहकबीचको माग उतारचढाव भएसँगै उदीयमान र बढ्दो बजारलाई अझ प्रभावकारी रूपमा सेवा दिन हामी बिक्रेताको प्रयोग विस्तार गर्दैछौं,’ पत्रमा लेखिएको छ ।

यसैबीच, कम्पनीले चीनमा रोजगार खोज्ने आफ्नो एप इन करियर्स पनि आगामी अगस्टबाट चरबद्ध रूपमा समाप्त हुने जनाएको छ । यसको कारण चुनौतीपूर्ण वातावरण रहेको कम्पनीको भनाइ छ ।

‘हाम्रो प्रारम्भिक प्रगतिका बाबजुद पनि इन करियर्सले कडा प्रतिस्पर्धा र चुनौतीपूर्ण आर्थिक वातावरणको सामना गर्यो । त्यसले अन्ततः सेवा नै बन्द गर्नुपर्ने अवस्थामा पुर्यायो,’ कम्पनीले बेवसाइट प्रयोगकर्तालाई लक्षित गर्दै भनेको छ ।

यसैगरी कम्पनीले चीनमा आफ्नो उपस्थिति कायम राख्न त्यहाँ सञ्चालित कम्पनीहरुलाई देशबाहिर कामदार राख्न र तालिम दिन सहयोग गर्नेसमेत बताएको छ ।

लिंक्डइन आफ्नो अभिभावक कम्पनी माइक्रोसफ्टसहित कामदार कटौती गर्ने प्रमुख टेक्नोलोजी कम्पनीमा गनिन थालेको छ । विगत ६ महिनामा विश्वव्यापी रूपमा २७ हजारभन्दा बढी प्रविधिमा आधारित रोजगारी कटौती भएको छ । फेसबुकको स्वामित्व रहेको मेटा प्लेटर्फमले २१ हजार कर्मचारी निष्कासन गरेको छ भने गुगलको प्यारेन्ट कम्पनी अल्फाबेटले १२ हजार कर्मचारी कटौती गरिसकेको छ ।

जनवरीमा माइक्रोसप्mटले घट्दो राजस्वसँगै आफ्नो लागत संरचना पंक्तिबद्ध गर्न करिब १० हजार कर्मचारी वा विश्वव्यापी जनशक्तिको करिब ५ प्रतिशत कर्मचारी हटाउने बताएको थियो ।

इकोनोमिक टाइम्स

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
विश्वव्यापी आर्थिक संकटबीच माइक्रोसफ्ट स्वामित्वको लिंक्डइनले ७ सयभन्दा बढी कर्मचारी निकाल्दै
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link