श्रीलंकाको सूचनाको हकसम्बन्धी आयोग (राइट टु इन्फर्मेसन अफ श्रीलंका) को टोली नेपाल आइपुगेको छ । आयोगका अध्यक्षसहितको टोली नेपालमा सूचनाको हकसम्बन्धी कार्यान्वयनको अवस्था अध्ययन तथा अवलोकन गर्न नेपाल आएको सूचना आयोजकले जनाएको छ ।
टोलीले नेपालको राष्ट्रिय सूचना आयोगका पदाधिकारीहरुसँग छलफल गर्ने कार्यक्रम रहेको छ । साथै, टोली राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारी, नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल, फ्रिडम फोरम, युएनडिपी, नेपाल बार, सूचनाको हक महासंघ, गैरसरकारी संस्थासँग भेट गरी सूचनाको हकबारे छलफल गर्ने कार्यक्रम रहेको बताइएको छ ।
टोलीले धुलिखेल नगरपालिकामा पनि सूचनाको हकको कार्यान्वयनबारे अवलोकन गर्नेछ । राष्ट्रिय सूचना आयोग नेपालले श्रीलंकाको सूचनाको हकसम्बन्धी आयोगसँग आपसी समझदारीपत्र प्रस्ताव गरेको छ । यसमाथि पनि छलफल हुने बताइएको छ । टोलीलाई आयोगका शाखा अधिकृत जीवन कुँवरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन्।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- युएईलाई हराउँदै नेपालले जित्यो तेस्रो संस्करणको एसीसी प्रिमियर कप, सन् २०२७ को एसिया कपमा छनोट
- हेरालु र जालीको भर: जोगियो मकै बाली
- लेकाली जंगलको ‘रातो च्याउ’बाट मनग्गे आम्दानी
- एसिसी प्रिमियर कपको फाइनलमा आज नेपाल र युएई आमनेसामने
- विश्व प्राथमिक उपचार दिवस आज
- डलरको दर कति – आजको लागि विदेशी मुद्राको विनिमय दर
- भोटेकोशी बाढीको भग्नावशेष र बालुवा-माटो हटाउन मात्रै ९५ अर्ब बढी लाग्ने अनुमान
- च्याम्पियन्स लिग: बायर्न म्युनिख र म्यानचेस्टर युनाइटेडको सानदार जित
- देशभर कुशे औँसी मनाइँदै: घरघरमा कुश भित्र्याइँदै, बाबुको मुख हेर्ने दिन
- प्रतिनिधिसभा बैठक आज बस्दै