रुपन्देही रुकुमपश्चिको बाँफिकोट गाउँपालिकामा जिप दुर्घटना हुँदा सुत्केरी आमा र बच्चासहित पाँच जनाको मृत्यु भएको छ । बाँफिकोट गाउँपालिका–८ तोरीधारामा जिप दुर्घटना भएको इलाका प्रहरी कार्यालय बाँफिकोटले जनाएको छ । सानीभेरी गाउँपालिकादेखि रुकुमपश्चिमको खलंगाका लागि हिडेको लु १ ज १७४७ नम्बरको जिप दुर्घटनामा परेको हो।
मृत्यु हुनेमा सानोभेरीका ७० वर्षीय कर्णबहादुर बाठा मगर, सुत्केरी महिला २२ वर्षीय रेखा खनाल केसी र उहाँको बच्चा रोशन केसी छन् । यस्तै वर्ष ५० को देउचन खत्री र २३ वर्षीया सितला कुसारीको पनि घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते १० जनामध्ये ५ जनालाई थप उपचारका लागि खलंगा अस्पताल पठाइएको र ५ जनालाई थप उपचारका लागि हेलिकोप्टरबाट नेपालगञ्ज पठाइने जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरीक्षक नमराज भट्टराईले बताउनुभयो । घटनास्थलमा पानी परिरहेकोले उद्दारमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- ट्रम्पविरुद्ध अर्को फौजदारी मुद्दा
- काखोभका बाँध भत्किँदा रुस–युक्रेन कसलाई फाइदा?
- बिबिसीको कार्यवाहक अध्यक्षमा डेम एलन
- हिन्डेनबर्गको रिपोर्टपछि अडानी समूहको अवस्था सुध्रिँदै, गत आवमा २४ अर्ब नाफा
- अमेरिकाको युनिभर्सिटीमा गोली चल्दा दुई जनाको मृत्यु
- ५ महिनामा ४ लाख ७० हजार पर्यटकले गरे लुम्बिनी भ्रमण
- मिटरब्याजीविरुद्ध मलंगवाबाट सबैभन्दा धेरै उजुरी
- दक्षिणी युक्रेनमा बाँध फुटेपछि युद्धस्थलमा बाढी, एक–अर्काका सेनालाई दोष
- दाहाल–मोदी वार्तामा छुटेको सीमा विवाद र गोर्खा भर्तीको विषय
- वातावरण पत्रकारिता पुरस्कार कृष्णमणि बराललाई