रुपन्देही रुकुमपश्चिको बाँफिकोट गाउँपालिकामा जिप दुर्घटना हुँदा सुत्केरी आमा र बच्चासहित पाँच जनाको मृत्यु भएको छ । बाँफिकोट गाउँपालिका–८ तोरीधारामा जिप दुर्घटना भएको इलाका प्रहरी कार्यालय बाँफिकोटले जनाएको छ । सानीभेरी गाउँपालिकादेखि रुकुमपश्चिमको खलंगाका लागि हिडेको लु १ ज १७४७ नम्बरको जिप दुर्घटनामा परेको हो।
मृत्यु हुनेमा सानोभेरीका ७० वर्षीय कर्णबहादुर बाठा मगर, सुत्केरी महिला २२ वर्षीय रेखा खनाल केसी र उहाँको बच्चा रोशन केसी छन् । यस्तै वर्ष ५० को देउचन खत्री र २३ वर्षीया सितला कुसारीको पनि घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते १० जनामध्ये ५ जनालाई थप उपचारका लागि खलंगा अस्पताल पठाइएको र ५ जनालाई थप उपचारका लागि हेलिकोप्टरबाट नेपालगञ्ज पठाइने जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरीक्षक नमराज भट्टराईले बताउनुभयो । घटनास्थलमा पानी परिरहेकोले उद्दारमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- च्याम्पियनसिप लिग: पहिलो चरणका खेलहरूमा बार्सिलोना र पिएसजीको सानदार जित, आर्सनल र लिभरपुलको पनि विजयी सुरुआत
- दुर्गमको प्रसूति व्यथा: न सडक, न चेतना
- नेपालमा बाढी पहिरो पीडितको सहयोगार्थ एएस रोमा र डब्लुएफपीबिच सहकार्य
- आज संसद्का दुवै सदनको बैठक बस्दै
- हतुवागढीका किसान अदुवा खेतीतर्फ आकर्षित
- मौसम अपडेट: पाँच प्रदेशमा भारी वर्षाको जोखिम
- आजका लागि विदेशी मुद्राको विनिमय दर
- महिला अधिकार आन्दोलनकी ‘दीपशिखा’ ग्लोरिया स्टाइनम: ९२ वर्षको ऐतिहासिक यात्रा र अझै अधुरा कार्यभारहरू
- युइएफए च्याम्पियन्स लिग: घरेलु मैदानमा रियल म्याड्रिडको विजयी सुरुवात, इन्टर मिलान २-१ ले पराजित
- राप्ती प्रादेशिक अस्पतालमा शय्याको हाहाकार