पं.नवराज शारदा स्मृति समाजको दोस्रो वार्षिकोत्सव तथा १०३ औं जन्मजयन्ती कार्यक्रम सम्पन्न भएको छ। स्मृति समाजले विभिन्न धार्मिक, तथा सांस्कृतिक कार्यक्रम गरी मनाएको हो।
समाजका लागि यथाशक्य योगदान गर्ने लक्ष्यससहित हिन्दू धर्मका विविध संस्कार तथा कर्मकाण्डलाई परिमार्जन गर्दै लैजानु समाजको उद्देश्य रहेको बताइएको छ। यस्तै, आर्थिक अभावमा शिक्षाबाट विमुख भएका समाजका विपन्न तथा जेहेन्दार छात्रछात्रालाई विद्यालय तथा उच्च शिक्षा हासिल गर्न मद्दत पुर्याउन छात्रवृत्ति कोषको स्थापना गरी, छात्रवृत्ति प्रदान गरी शिक्षा क्षेत्रमा समते योगदान पुर्याउन संस्था स्थापना भएको बताइएको छ।
स्मृति समाजका अध्यक्ष निर्मलराज पौडेलले संस्था गठनको पृष्ठभूमिका सम्बन्धमा प्रकाश पार्दै बुवा पं. नवराज पौडेल तथा आमा शारदा देवी पौडेलले दिनुभएको संस्कार शिक्षा र अभिप्रेरणाकै कारण समाजिक कार्यमा योगदान पुर्याउने अभिलाषाले उक्त संस्था स्थापना गरेको बताउनुभयो।
कार्यक्रममार्फत यस वर्ष संस्थाले विपन्न वर्गलाई लक्षित गरी एकल विद्यालय फाउण्डेसन नेपाललाई एक वर्ष विद्यालय सञ्चालन गर्न सहयोग गरेको छ। यसै अवसरमा धार्मिक संस्कार र संस्कृतिसम्बन्धी सामूहिक छलफल तथा अन्तरक्रिया कार्यक्रम पनि भएको थियो।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- जुम्ला–रारा म्याराथन भोलि, ५९१ धावक सहभागी हुँदै
- मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
- प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?
- नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त
- विद्युत् सेवा बन्द हुँदा ४८० घरधुरी अन्धकारमा बस्न बाध्य
- महेन्द्रनगर बजार : सौन्दर्यीकरणका कामसँगै थपियो उत्साह
- भारत र पाकिस्तानबीचको तनावप्रति नेपाल सचेत रहनुपर्नेमा जोड
- कञ्चनपुर-कमला सडक विस्तार: लहानमा ‘ओभरपास’ निर्माण थालियो
- भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही सुरु, तनाव चुलियो
- राष्ट्रिय सूचना आयोगको १८औँ स्थापना दिवसमा प्रधान सम्पादक दाहाल सम्मानित
