भारतको उडिसाको बालासोर जिल्लाको बहानागा रेलवे स्टेशन नजिक शुक्रबार साँझ एक भयानक रेल दुर्घटना भएको छ। यहाँ बाहनागा स्टेशन नजिक तीनवटा रेल एक आपसमा ठोक्किएका छन् । अधिकारी र चिकित्सकका अनुसार यस दुर्घटनामा हालसम्म २३३ जनाको मृत्यु भएको छ भने ९०० भन्दा बढी यात्रु घाइते भएका छन् । अहिले घटनास्थलमा राहत उद्धार कार्य जारी छ ।
भारतीय रेलवेलेका अनुआर कोरोमण्डल एक्सप्रेस र हावडा सुपरफास्ट एक्सप्रेस आपसमा ठोक्किएका थिए । बेलुका ७ बजे दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् । हावडा जाँदै गरेको बेंगलुरु-हावडा ट्रेनका धेरै डिब्बा बालासोर जिल्लाको बहनागा बजारमा पटरीबाट खसेको अधिकारीहरुले जनाएका छन् । त्यसपछि, शालिमार-चेन्नई सेन्ट्रल कोरोमण्डल एक्सप्रेस पटरीबाट खसेको रेलसँग ठोक्किएको थियो र कोरोमण्डल एक्सप्रेसका डिब्बा पनि पल्टिएको अधिकारीहरुले जनाएका छन् । त्यसपछि एउटा मालगाडी कोरोमण्डल एक्सप्रेसका केही पटरीबाट खसेका कोचहरूसँग ठोक्किन गएको अधिकारीले भनेका छन् ।
दुर्घटनास्थलमा पत्रकारहरूसँग कुरा गर्दै उडिसा फायर सर्भिसका अधिकारी सुधांशु सारंगीले भने: “हामीले अहिले २३३ भन्दा बढी शव निकालेका छौं।” पल्टिएका गाडीहरू जाँच गर्ने प्रक्रिया “हामीले पूरा गरेपछि” तथ्याङ्क बढ्न सक्ने उनले बताए।
दुर्घटनापछि रेलमन्त्री अश्विनी वैष्णवले मृतकका आफन्तलाई १० लाख, गम्भीर घाइतेलाई २ लाख र सामान्य घाइतेलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गर्नुभएको छ ।
उडिसाको बालासोर जिल्लामा भएको रेल दुर्घटनाप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्नुभएको छ । उहाँले केन्द्रीय रेलमन्त्री अश्विनी वैष्णवसँग कुरा गरेर स्थितिको जानकारी लिएको बताइएको छ । प्रधानमन्त्री मोदीले रेल दुर्घटनामा परी ज्यान गुमाएकाका आफन्तलाई २ लाख रुपैयाँ र घाइतेहरूलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोष बाट ५० हजार रुपैयाँ दिने घोषणा गर्नुभएको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- जुम्ला–रारा म्याराथन भोलि, ५९१ धावक सहभागी हुँदै
- मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
- प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?
- नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त
- विद्युत् सेवा बन्द हुँदा ४८० घरधुरी अन्धकारमा बस्न बाध्य
- महेन्द्रनगर बजार : सौन्दर्यीकरणका कामसँगै थपियो उत्साह
- भारत र पाकिस्तानबीचको तनावप्रति नेपाल सचेत रहनुपर्नेमा जोड
- कञ्चनपुर-कमला सडक विस्तार: लहानमा ‘ओभरपास’ निर्माण थालियो
- भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही सुरु, तनाव चुलियो
- राष्ट्रिय सूचना आयोगको १८औँ स्थापना दिवसमा प्रधान सम्पादक दाहाल सम्मानित
