बझाङमा भएको जिप दुर्घटनामा गम्भीर घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ ।
मन्त्री सिंहलाई उपचारका लागि बझाङबाट हेलिकप्टरमा नेपालगन्ज ल्याइएको थियो । उपचारका क्रममा उनको कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजमा निधन भएको अस्पतालले जनाएको छ ।
घाइते अन्य दुईजनाको अवस्था गम्भीर छ । यसअघि आजै सिंहकी पत्नी अमृता सिंह र भाउजू जयादेवीको मृत्यु भएको थियो ।
डडेल्धुराबाट चैनपुरतर्फ गइरहेको सुप प्र ०१००१ झ ४८० नम्बरको गाडी केदास्यु गाउँपालिका–१ मा दुर्घटनामा परेको थियो ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- घुम्टोमा घण्टाघर: मर्मतसम्भार शीघ्र पूरा गर्न वीरगञ्जवासीको माग
- के रेबिज खोप चौबिस घण्टाभित्र लगाइसक्नुपर्ने हो ?
- बेलायतमा नेपाली भजन महोत्सव
- उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना
- रेसुंगा विमानस्थलबाट सातामा तीन पटक उडान हुने
- गौतमबद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्न राष्ट्रपतिद्वारा आग्रह
- दही र महीको माग बढ्दै
- चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा…
- रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’
- सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न
