सूचनाको हक सम्बन्धी एसियाली गठबन्धन: श्रीलंका बन्याे संस्थापक साझेदार

श्रीलंका सूचनाको पहुँच सम्बन्धी एसियाली गठबन्धनको संस्थापक साझेदार बनेको छ। एसियन एक्सेस टु इन्फर्मेसन अलायन्स (एएआइए) का सहसंस्थापक सदस्यको गत महिना भएको  पहिलो बैठकमा सो जानकारी गराइएको आज श्रीलंकाको सूचना आयोगले जनाएको छ।

फिलिपिन्सको मलिनामा सम्पन्न यो बैठक ल्याटिन अमेरिकी, उत्तर अमेरिकी, अफ्रिकी, युरोपेली र अस्ट्रेलिया–ओसियन नेटवर्कहरूको हो। यो अलायन्स सूचना आयुक्तहरुको अन्तर्राष्ट्रिय सम्मेलन (आइसिआइसी) को १४औँ संस्करणमा क्षेत्रीय बैठकको हिस्सासमेत भएको बताइएको छ।

सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस मनाउन गत वर्ष सेप्टेम्बर २८ मा एएआईको स्थापना भएको हो। यसको मुख्य लक्ष्य पारदर्शी र जबाफदेही शासन प्रवद्र्धन गर्न र सक्रिय नागरिक सहभागितलाई प्रोत्साहित गर्न एसियामा सूचना कार्यान्वयन गर्ने निकायबीचको सहयोगी प्रयासलाई सुदृढ गर्ने रहेको छ।

यो अलायन्सको सहसंस्थापक सदस्य राष्ट्रहरुमा कम्बोडिया, इजरायल, माल्दिभ्स, फिलिपिन्स, श्रीलंका र चीन (ताइवान) छन् ।  यसमा सूचनामा पहुँच सम्बन्धी कानुन वा नीति कार्यान्वयन गर्ने निरीक्षण कार्यालयहरु आवद्ध छन्।

‘पहिले यो अवास्तविकजस्तो देखिन्थ्यो। तर अहिले सम्भव भएको छ,’ श्रीलंकाका सूचना आयुक्त किसाली पिन्टो जयवर्धनले भन्नुभयो, ‘सूचनामा पहुँच  सम्बन्धी एशियाली अलायन्स हुँदा हामीले एकअर्काबाट धेरै कुरा सिक्न र हासिल गर्न सक्छौँ।’

 कम्बोडियाबाहेक सबै संस्थापक देशका प्रतिनिधिले गत महिना मनिलामा जम्मा भई गठबन्धनले आफ्नो दिशालाई अगाडि बढाउनका लागि गर्नुपर्ने कामबारे छलफल  पनि गरेका थिए ।

आफूहरू सबै अगाडि बढ्न र एसियामा सूचनाको पहुँच स्थापित गर्न उत्सुक रहेको सूचनाको स्वतन्त्रता सम्बन्धी फिलिपिन्सको कार्यालयका प्रमुख क्रिजिया केसी अभेजरले भने।
एएआईका तीन सहसंस्थापक सदस्यमा फिलिपिन्स, इजरायल र माल्दिभ्स थिए । अहिले कम्बोडिया, श्रीलंका र ताइवान आइसिआइसी नेटवर्कका सदस्य थपिएका हुन् ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
सूचनाको हक सम्बन्धी एसियाली गठबन्धन:  श्रीलंका बन्याे संस्थापक साझेदार
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link