सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ।
९एनए-एमभी कलसाइन भएको मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन भएको हो।
बिहान १० बजे उडेको हेलिकप्टर सवा १० बजेर १ मिनेट जाँदा सम्पर्कविहीन भएको हो। पौने ११ बजे काठमाडौं पुग्नुपर्ने हेलिकप्टर अहिलेसम्म सम्पर्कमा नभएको बताइएको छ।
हेलिकोप्टरमा पाइटलसहित ६ जना यात्रु सवार रहेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो।
अपडेट :
मनाङ एयरको हराइरहेको हेलिकप्टर खोजी गर्न काठमाडौंबाट अल्टिच्युड एयरको हेलिकप्टर पठाइने भएको छ ।
प्रवक्ता टेकनाथ सिटौलका अनुसार लामजुरा पास आसपासको क्षेत्रमा खोजी केन्द्रित गरी हेलिकप्टर पठाउने तयारी थालिएको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- बाउन्न वर्षको उमेरमा विद्यालय भर्ना भएर कक्षा १ मा पढ्दै वडासदस्य डल्लीदेवी
- इजरायलको नयाँ आक्रमणमा : गाजामा मृतकको संख्या २५० माथि
- आज कुन देशको मुद्राको मूल्य कति ?
- सगरमाथा आरोहीको अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुँदै
- पोखरामा तरबुजा खेती: चार महिनामा १५ लाख रुपैयाँ आम्दानी
- मेलम्चीको पानी वितरण विस्तार
- घुम्टोमा घण्टाघर: मर्मतसम्भार शीघ्र पूरा गर्न वीरगञ्जवासीको माग
- के रेबिज खोप चौबिस घण्टाभित्र लगाइसक्नुपर्ने हो ?
- बेलायतमा नेपाली भजन महोत्सव
- उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना
![मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन, खाेजीका लागि अल्टिच्युडकाे हेली पठाइँदै [अपडेट]](https://ins.news/wp-content/uploads/2023/07/manang-air2023-07-11-11-30-14.jpeg?v=1689055214)