अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र लयमा फर्कने चरणमा रहेको बताउनुभएको छ । बुटवल जेसिजको स्वर्ण जयन्ती समारोहको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले नेपालको अर्थतन्त्र धेरै निराश हुनुपर्ने अवस्थामा नरहेको बताउनुभएको हो ।
अर्थमन्त्री महतले मुलुकको अर्थतन्त्र उठ्ने दाबी गर्दै निराशाको बहसको अन्त्य हुन जरुरी रहेको बताउनुभयो । ‘अर्थतन्त्रमा केही समस्या भए पनि निराशाको बहसको अन्त्य हुन जरुरी छ । अब सकारात्मक बहस गरौं,’ महतले भन्नुभयोे, ‘म अर्थतन्त्रमा सकारात्मक संकेत देखिरहेको छु ।’
सरकारले अर्थतन्त्र सुधारका लागि सम्पूर्ण शक्ति लगाइरहेको बताउँदै कोरोना महामारीमा दुई–तीन वर्ष ठप्प हुँदा त्यसको असर अहिले देखापरेको महतको भनाइ थियो ।
अर्थतन्त्र बिग्रिएर आयात रोक्दा धेरै नकारात्मक सन्देश गएको उल्लेख गर्दै अर्थमन्त्री महतले राष्ट्र बैंकले ब्याजदरमा कसिलो नीति ल्याउँदा थप समस्या पैदा भएको पनि उल्लेख गर्नुभयो ।
डा. महतले कतिपय पूर्वाधार निर्माणमा भएका धिलासुस्तीप्रति समेत चासो व्यक्त गर्दै साना तिना कुराले पनि विकासमा अवरोध हुने गरेको गुनासोसमेत गर्नुभयोे । ‘निर्माण हुँदै गरेको बुटवल–नारायणगढ सडकको स्तरवृद्धिमा भएको ढिलासुस्ती वा अन्य योजनामा समेत सानातिना कुरालाई अघि सारेर विकासलाई अबरोध गर्ने काम राम्रो होइन,’ अर्थमन्त्री महतले भन्नुभयो ।
बुटवल र समग्र रुपन्देहीले आर्थिक विकासमा प्रशस्त सम्भावना बोकेको बताउँदै अर्थमन्त्री महतले, प्रदेश राजधानी दाङ सर्दैमा कुनै असर नपरेको दाबी गर्नुभयो । भैरहवामा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन आउने आश्वासनसहित बुद्ध जन्मस्थल लुम्बिनीको विकाससँगै पर्यटकीय र आर्थिक समृद्धि हासिल गर्न सकिने डा. महतको भनाइ छ ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेय, तिलोत्त्तमा नगरपालिकाका मेयर रामकृष्ण खाण, नेपाल जेसीजका पुर्व रास्ट्रिय अध्यक्ष दिनेश कोइराला, नेपाल जेसिजका पूर्व राष्ट्रिय अध्यक्ष जगत पोखरेल, बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठलगायतले मन्तव्य राख्नुभएको थियो ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- जुम्ला–रारा म्याराथन भोलि, ५९१ धावक सहभागी हुँदै
- मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
- प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?
- नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त
- विद्युत् सेवा बन्द हुँदा ४८० घरधुरी अन्धकारमा बस्न बाध्य
- महेन्द्रनगर बजार : सौन्दर्यीकरणका कामसँगै थपियो उत्साह
- भारत र पाकिस्तानबीचको तनावप्रति नेपाल सचेत रहनुपर्नेमा जोड
- कञ्चनपुर-कमला सडक विस्तार: लहानमा ‘ओभरपास’ निर्माण थालियो
- भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही सुरु, तनाव चुलियो
- राष्ट्रिय सूचना आयोगको १८औँ स्थापना दिवसमा प्रधान सम्पादक दाहाल सम्मानित
