अमेरिकामा बसोबास गर्दै आइरहेका ११ लाख भारतीय नागरिक ग्रिन कार्डको पर्खाइमा छन्। अमेरिकी थिंक ट्यांक क्याटो इन्स्टिच्युटको एक रिपोर्टअनुसार अमेरिकामा रोजगारका लागि ग्रिन कार्डको आवेदन दिने भारतीयको संख्या ११ लाख छ। यीमध्ये ४ लाख जना यस्ता छन्, जसको ग्रिन कार्ड पाउँदासम्म मृत्यु भइसकेको हुनेछ।
अमेरिकामा प्रवासीलाई स्थायी रुपमा बसोबास गर्न ग्रिन कार्ड दिइन्छ। रोजगार आधारित नागरिकताका लागि १८ लाख आवेदनसमेत पेन्डिङमा छन्। यीमध्ये ६३ प्रतिशत अर्थात् ११ लाख भारतीय हुन्।
ग्रिन कार्ड के हो ?
ग्रिन कार्डलाई आधिकारिक भाषामा परमानेन्ट रेजिडेन्स कार्ड भनिन्छ। कसैले ग्रिन कार्ड पाउनुको मतलब उक्त व्यक्त सो ठाउँमा स्थायी रुपमा बसोबास गर्न पाउँछ। सबै देशले निश्चित सीमामा यस्तो कार्ड दिन्छन्।
ग्रिन कार्डका लागि लामो पर्खाइ
क्याटोको रिपोर्टमा फ्यामिली स्पोन्सर्ड सिस्टमअन्तर्गत झन्डै ८३ लाख नागरिकताको आवेदन पेन्डिङमा रहेको बताइएको छ। रिपोर्टअनुसार पेन्डिङमा रहेकामध्ये भारतीयले ग्रिन कार्ड पाउन १३४ वर्षको लामो प्रतीक्षा गर्नुपर्ने हुन्छ।
ग्रिन कार्ड आवेदन दिनेमध्ये ४ लाख २४ हजार आवेदक ग्रिन कार्ड नपाउँदै यो संसारबाट बिदा भइसकेका हुनेछन्। यसमध्ये ९० प्रतिशत भारतीय हुने पनि रिपोर्टमा उल्लेख छ।
अमेरिकामा साइन्स, टेक्नोलोजी र इन्जिनियरिङ क्षेत्रमा काम गर्नेमध्ये अधिकतम भारतीय र चिनियाँ नागरिक छन्। तथापि प्रत्येक वर्ष केहीले मात्रै ग्रिन कार्ड पाउँछन्। कार्डका लागि भारतीयको बढ्दो प्रतीक्षा ठूलै समस्या भएको बताइएको छ।
बाइडेन प्रशासन र भारतीय मूलका अमेरिकी सांसदहरुले प्रयास गर्दा पनि अझैसम्म कुनै हल निस्केको छैन। रिपोर्टअनुसार अमेरिकामा नागरिकता लिन लगभग असम्भवजस्तै भएको छ।
भारतीय नागरिकता त्याग्नेको संख्या बढ्यो
इकोनोमिक टाइम्सले विदेश मन्त्रालयलाई उद्धृत गर्दै सन् २०२१ मा अमेरिका गएका करिब ८ लाख भारतीयले नागरिकता त्यागेका बताएको छ। नागरिकता त्याग्नेमा दोस्रो देश अस्ट्रेलिया जानेको रहेको छ। २०२१ मा अस्ट्रेलिया गएका २३ हजारभन्दा बढी भारतीयले नागरिकता त्यागेका छन्। त्यसपछि क्रशमः क्यानडा र बेलायत जानेले त्यागेका छन्।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- युएईलाई हराउँदै नेपालले जित्यो तेस्रो संस्करणको एसीसी प्रिमियर कप, सन् २०२७ को एसिया कपमा छनोट
- हेरालु र जालीको भर: जोगियो मकै बाली
- लेकाली जंगलको ‘रातो च्याउ’बाट मनग्गे आम्दानी
- एसिसी प्रिमियर कपको फाइनलमा आज नेपाल र युएई आमनेसामने
- विश्व प्राथमिक उपचार दिवस आज
- डलरको दर कति – आजको लागि विदेशी मुद्राको विनिमय दर
- भोटेकोशी बाढीको भग्नावशेष र बालुवा-माटो हटाउन मात्रै ९५ अर्ब बढी लाग्ने अनुमान
- च्याम्पियन्स लिग: बायर्न म्युनिख र म्यानचेस्टर युनाइटेडको सानदार जित
- देशभर कुशे औँसी मनाइँदै: घरघरमा कुश भित्र्याइँदै, बाबुको मुख हेर्ने दिन
- प्रतिनिधिसभा बैठक आज बस्दै