गत वर्षको अन्तिम समयसम्म पनि आर्थिक मन्दीका कारण विश्वका ठूलाठूला कम्पनीले भारी मात्रामा कर्मचारी निष्कासन अर्थात् कटौती गरे। यसको निकै चर्चासमेत भएको थियो। तर केही समययता कम्पनीले कर्मचारी निष्कासन गरेका थिएनन्। अहिले फेरि एकपटक कर्मचारी निष्कासनमा परेका छन्।
यो खबर ठूलो सर्च इन्जिन मानिने गुगल इन्जिनसँग जोडिएको छ। कुनै बेला कम्पनीका लागि आवश्यक जनशक्ति भर्ती गर्ने कर्मचारीलाई नै यसपटक गुगलले निष्कासन गर्ने बताएको छ।
न्युयोर्क सको खबरअनुसार गुगलको प्यारेन्ट कम्पनी अल्फाबेट इंकले आफ्ना ग्लोबल रिक्रुटर्सको टिमबाट सयौँ कर्मचारी कटौती गरेको छ। प्रविधि क्षेत्र (टेक सेक्टर) मा अझै पनि कर्मचारी कटौतीको सिलसिला जारी छ। यसपटक गुगल सयौँ निष्कासन गर्ने ठूलो कम्पनी बनेको छ।
अल्फाबेटले बुधबार मात्रै वैश्विक भर्ती टिमबाट कर्मचारी निष्कासन गर्ने निर्णय गरेको थियो। यद्यपि कम्पनी निम्न पदमा कार्यरत कर्मचारी निष्कासन गर्नुको कारण कर्मचारी कटौतीको हिस्सा नभएको जनाएको छ। साथै, यो कटौती सेक्सनको पूरै टिम प्रभावित नहुने र निष्कासन गरिएका कर्मचारीलाई बाहिर जागिर खोजिदिने कार्यमा कम्पनीले सहयोग गर्ने पनि बताएको छ।
कम जनशक्तिको आवश्यकता
समाचारअनुसार गुगलका प्रवक्ता कर्टेने मेन्सिनीले हालसालै गरिएको कर्मचारी कटौतीलाई लिएर मुख खोल्नुभएको छ। उहाँको भनाइमा अहिले कम्पनीलाई कमै मात्र जनशक्तिको आवश्यकता छ। यस्तो स्थितिमा भर्ती टिमको साइज कम गर्ने कठोर निर्णय लिनुपरेको पनि उहाँको भनाइ छ।
‘टप इन्जिरियरिङ र टेक्नोलोजी स्किल्समा लगानी गर्ने काम अझै पनि जारी छ,’ प्रवक्त मेन्सिनीले भन्नुभयो, ‘यस्तै समग्रमा कर्मचारी भर्ती गर्ने कामलाई पनि कम गरेका छौँ।’
जनवरीमा घोषणा भएको थियो
सन् २०२३ को जनवरी ताका गुगलले कर्मचारी कटौतीलाई लिएर ठूलो घोषणा गर्दै हलचल मच्चाएको थियो। जनवरीमा कम्पनीले १२ हजार कर्मचारी निष्कासन गर्ने उद्घोष गरेको थियो। यो संख्या कम्पनीको कुल जनशक्तिको ६ प्रतिशत हो। तर कम्पनीमै जनशक्ति भर्ती गर्ने कर्मचारी निष्कासन गर्ने घोषणा गरेर गुगलले फेरि एकपटक सबैलाई आश्चर्यमा पारेको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- प्रतिक्रिया स्वरूप रुसको युक्रेनमाथि आक्रमण
- नयाँ स्वरूपमा फिफा क्लब विश्वकप २०२५
- ट्रम्पद्वारा १२ देशका नागरिकलाई अमेरिका यात्रामा पूर्ण प्रतिबन्ध
- इजरायल -प्यालेस्टाइन गाजा युद्धमा २०० पत्रकार तथा संचारकर्मीको मृत्यु
- बेंगलोरमा ट्रफी परेडका क्रममा भएको भगदौडमा ११ को मृत्यु र ३३ घाइते
- आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड : नेपाल बंगलादेश व्यापार
- सुडानमा चलिरहेको युद्धले चार लाखभन्दा बढी नागरिक विस्थापित
- रोयल च्यालेन्जर्स बेंगलुरुले जित्यो आईपीएल २०२५ उपाधि
- आइपिएल २०२५ फाइनल: रोयल च्यालेन्जर्स बेंगलोर विरुद्ध पन्जाब किंग्स
- रुस र युक्रेनबिच टर्कीमा आज शान्ति वार्ता हुँदै
