इजरायल र हमास युद्धमा मंगलबार राति सबैभन्दा ठूले हमला भएको छ।
गाजा सहरको अहली अरब सिटी हस्पिटलमा रकेट हमला हुँदा ५०० जनाको मृत्यु भएको छ। हमासले यो हमला इजरायलले गरेको दाबी गरेको छ। यता इजरायलले हस्पिटलमाथिको हमलामा आफ्नो हात नरहेको बताएको छ।
गाजा अस्पतालमा भएको हमलापछि आज इजरायल पुग्नेहुने अमेरिकी राष्ट्रपति जो बाइडेनको अरबका नेतासँग हुने भनिएको भेटवार्ता रद्द भएको छ।
इजरायलले एक भिडियो जारी गर्दै प्यालेस्टाइनी लडाकुले नै अस्पतालवरिपरि हमला गरेको बताएको छ।
गाजामा यतिबेला ५ हजार महिला गर्भवती रहेका र उनीहरुलाई उपचारको आवश्यकता रहेको न्युयोर्क टाइम्सले लेखेको छ। तर त्यहाँका हस्पिटल तथा क्लिनिकमा न औषधि छ न त बिजुली नै।
सेभ द चिल्ड्रेनका अनुसार युद्धमा अहिलेसम्म एक हजार प्यालेस्टाइनी बालबालिक मारिएका छन्।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
- प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?
- नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त
- विद्युत् सेवा बन्द हुँदा ४८० घरधुरी अन्धकारमा बस्न बाध्य
- महेन्द्रनगर बजार : सौन्दर्यीकरणका कामसँगै थपियो उत्साह
- भारत र पाकिस्तानबीचको तनावप्रति नेपाल सचेत रहनुपर्नेमा जोड
- कञ्चनपुर-कमला सडक विस्तार: लहानमा ‘ओभरपास’ निर्माण थालियो
- भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही सुरु, तनाव चुलियो
- राष्ट्रिय सूचना आयोगको १८औँ स्थापना दिवसमा प्रधान सम्पादक दाहाल सम्मानित
- बालीनालीमा छरेको विषादीले मौरी सखाप
