टी-२० विश्वकप छनोटमा सिंगापुरमाथि नेपालको ८ विकेटको जित

आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत एसिया छनोटको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरमाथि ८ विकेटको जित हात पारेको हो ।

टस जिती पहिले ब्याटिङको निर्णय लिएको सिंगापुरले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर नेपाल सामु एक सय ४५ रनको लक्ष्य प्रस्‍तुत गरेको थियो । जवाफी ब्याटिङमा नेपालले १६.३ ओभरमा दुई विकेट गुमाएर एक सय ४७ रन बनाउँदै विजय लक्ष्य पुरा गरेको हो ।

खेलमा कुशल भुर्तेल र आसिफ शेखले ओपनिङ विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए । कुशल भुर्तेलले टोलीका लागि ७४ रन बनाए । उनले केवल ४८ बलको सामना गरी दुई छक्का र आठ चौका हाने । उनले २६ बलमा आफ्नो अर्धशतक पुरा गरेका थिए । उनले दुई छकका र ६ चौकाको मद्दतले अर्धसतक पुरा गरेका हुन् ।

नेपालका अर्का ओपनर आसिफ शेखले २७ रन बनाए। उनले २६ बलमा २ चौका र १ छक्का प्रहार गरे। कुशल र आसिफबीच पहिलो विकेटका लागि ९.१ ओभरमा ८४ रनको साझेदारी हुँदा नेपाल सहज रुपमा अघि बढेको थियो।

दोस्रो नम्बरमा आएका कप्तान रोहित पौडेलले २४ बलमा नटआउट ३५ रन जोड्दा एक बलको सामना गरेका कुशल मल्लले छक्का प्रहार गरी सिंगापुरले दिएको लक्ष्य पुरा गरे ।

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link