सरकारले जारी गरेको भूमि सम्बन्धी नियमानुसार सम्मरीमाई गाउँपालिकाले भू उपयोग क्षेत्र वर्गीकरण (कित्ताकाट) सम्बन्धी मापदण्ड तयार गरेको छ ।
कृषि, आवास लगायतमा जग्गा वर्गीकरणको सम्पूर्ण कागजात तयारीपछि गाउँपालिकाले इलाका मालपोत कार्यालय र इलाका नापी कार्यालय मझगावालाई हस्तान्तरण गरेको छ । कागजातहरू मर्चवारको मझगावास्थित इलाका मालपोत कार्यालयका प्रमुख तिलक रावतलाई गाउँपालिकाका प्रमुख विनोद कुमार श्रीवास्तवले हस्तान्तरण गरेका हुन ।
यससँगै रुपन्देहीको दक्षिणी क्षेत्र सम्मरीमाई गाउँपालिकाले वर्गीकरण गरेको सबै जग्गाको कित्ताकाट भोली कार्तिक १४ गते मङ्गलवार देखी खुलेको छ । गाउँपालिकाले जग्गाको वर्गीकरण सहितको प्रतिवेदन पारित गरेसँगै कित्ताकाट खुलेको गाउँपालिको सचिवालयले जनाएको छ ।
अब वडा कार्यालयले कित्ताकाटका लागि सिफारिस प्रदान गर्ने छ । जग्गाको वर्गीकरण गरिएपछि रोकिएको कित्ताकाट खुलाउन मालपोत कार्यालय मझगावालाई पत्राचार गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राकेश चौधरीले जानकारी दिए । चौधरीले भने, “गत जेठदेखि जग्गाको कित्ताकाट रोकिएसँगै सर्वसाधारणले जग्गा किनबेच गर्न पाएका थिएनन् भने राजस्व समेत प्रभावित हुन पुगेको थियो ।”
गाउँपालिका प्रमुख विनोद श्रीवास्तवले गाउँपालिकामा आफ्नो क्षेत्राधिकार भित्रको जग्गाहरूलाई कृषि क्षेत्रतर्फ, व्यावसायिक क्षेत्रतर्फ र आवासीय क्षेत्रतर्फ, औद्योगिक क्षेत्रतर्फ, खानी तथा खनिज क्षेत्रतर्फ, वन क्षेत्रतर्फ, सार्वजनिक उपयोग क्षेत्रतर्फ, नदी खोला ताल सिमसार क्षेत्रतर्फ, सांस्कृतिक महत्वको क्षेत्रतर्फ आदि वर्गीकरण गरिएको जानकारी दिए ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- घुम्टोमा घण्टाघर: मर्मतसम्भार शीघ्र पूरा गर्न वीरगञ्जवासीको माग
- के रेबिज खोप चौबिस घण्टाभित्र लगाइसक्नुपर्ने हो ?
- बेलायतमा नेपाली भजन महोत्सव
- उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना
- रेसुंगा विमानस्थलबाट सातामा तीन पटक उडान हुने
- गौतमबद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्न राष्ट्रपतिद्वारा आग्रह
- दही र महीको माग बढ्दै
- चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा…
- रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’
- सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न
