पाकिस्तानी सरकारले बुधबारदेखि कागजातविहीन अफगानीहरूलाई गिरफ्तार गरिने र होल्डिङ सेन्टरमा राख्ने बताएपछि मङ्गलबार १० हजारभन्दा धेरै अफगानी आप्रवासी सीमामा पुगेका छन् ।
सत्र लाख अफगानीहरूका लागि स्वेच्छाले पाकिस्तान छोड्न वा गिरफ्तारीबाट निर्वासनको सामना गर्ने समयसीमाको अन्तिम दिन अफगानीहरू आप्रवासी सीमामा पुगेका हुन्।
पाकिस्तानको सरकारले कागजातविहीन अफगानीले पाकिस्तान नछोडे जबरजस्ती अफगानिस्तान फिर्ता पठाइने बताएको थियो ।
पाकिस्तानको उक्त नीतिलाई काबुलको तालिबान सरकारले ‘उत्पीडन’ भनेको छ । “हजारौँ अफगान शरणार्थीहरू सवारी साधन, लरी र ट्रकहरूमा आफ्नो पालो पर्खिरहेका छन् र यो सङ्ख्या बढिरहेको छ”, तोर्खम सीमामा सरकारका वरिष्ठ अधिकारी इर्साद मोहम्मदले भन्नुभयो, “बिहानैदेखि १० हजारभन्दा बढी शरणार्थीहरू जम्मा भएका छन् ।”
सरकारले पाकिस्तानमा अवैधरूपमा रहेका १७ लाख अफगानीहरूलाई छोड्न एक महिनाको समयसीमा दिने घोषणा गरेपछि अक्टोबरको सुरुदेखि एक लाखभन्दा बढी अफगानी आप्रवासी पाकिस्तानबाट भागेका छन् ।
“पाकिस्तानी अधिकारीहरू बाट हुने कुनै पनि अपमानबाट बच्न मैले त्यहाँबाट जाने निर्णय गरेको छु”, पेशावरको एउटा सहायता शिविरमा शरणार्थी आमाबुबाबाट जन्मिएका जुल्फिकार खानले एएफपीलाई भन्नुभयो ।
उत्तरी तोर्खम सीमाबाट ८० प्रतिशतभन्दा बढी मानिस खैबर पख्तुनख्वा प्रान्तमा गएका छन् । उक्त प्रान्तमा अधिकांश अफगान आप्रवासी बसोबास गर्छन् । स्वेच्छाले गएकाले अहिलेसम्म उनीहरूलाई पक्राउ नगरिएको सो प्रान्तका प्रहरीले बताएको छ । तर कराँची र इस्लामाबादमा अफगान शरणार्थीहरूले पक्राउ, उत्पीडन र जबरजस्ती गरेको बताएका छन् ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- घुम्टोमा घण्टाघर: मर्मतसम्भार शीघ्र पूरा गर्न वीरगञ्जवासीको माग
- के रेबिज खोप चौबिस घण्टाभित्र लगाइसक्नुपर्ने हो ?
- बेलायतमा नेपाली भजन महोत्सव
- उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना
- रेसुंगा विमानस्थलबाट सातामा तीन पटक उडान हुने
- गौतमबद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्न राष्ट्रपतिद्वारा आग्रह
- दही र महीको माग बढ्दै
- चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा…
- रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’
- सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न
