आगामी माघ ११ गते राष्ट्रिय सभाको रिक्त पदका लागि निर्वाचन

सरकारले रिक्त राष्ट्रिय सभा सदस्य पदका लागि आगामी माघ ११ गते निर्वाचन गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त राष्ट्रिय सभा सदस्य पदको लागि माघ ११ गते निर्वाचन गर्ने निर्णय गरेको हो ।

 सरकारको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले निर्वाचन आयोगको परामर्शबमोजिम नै साे दिन निर्वाचन गर्ने निर्णय गरिएको जानकारी दिनुभयो।

राष्ट्रिय सभामा २० सदस्यको पद फागुन २० गते देखि सकिँदै छ। जसमा १९ जना निर्वाचित हुनेछन् भने एक जना सदस्य मनोनित हुनेछन्। निर्वाचन आयोगले यस अघि आगामी माघ ११ गते बिहीबार राष्ट्रिय सभा सदस्यको निर्वाचन गर्ने गरी मिति तोक्न नेपाल सरकारलाई परामर्श दिएको थियो।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link