आगामी डिसेम्बर ८ तारिखका दिन नेपालमा मर्यादित महिनावारी दिवस मनाइने भएको छ । ‘लैङ्गिक हिंसा र बालविवाह अन्त्यको लागि मर्यादित महिनावारी’ भन्ने मूल नाराका साथ पाँचौँ मर्यादित महिनावारी दिवस मनाउन लागिएको हो ।
दक्षिण गोर्लादीय मर्यादित महिनावारी सञ्जाल र राधा पौडेल फाउन्डेसनले प्लान इन्टरनेशनल नेपालसँगको सहकार्यमा विशेष कार्यक्रमसहित यो दिवस मनाउने तयारी गरेको हो ।
बिहीबार ललितपुरमा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक संस्था राधा पौडेल फाउन्डेसनकी संस्थापक डा. राधा पौडेलले समाजले महिनावारीलाई हेर्ने दृष्टिकोण बदल्न र मर्यादित महिनावारीको आन्दोलनमा जनचेतना जगाउँदै त्यसमा सकारात्मक परिवर्तन प्रवर्द्धन गर्ने उद्देश्यले दिवसलाई राष्ट्रिय रूपमै मनाउने जानकारी दिनुभयो ।
पौडेलले नेपालमा मनाइने यस दिवसमा विश्वभरिका १५ भन्दा बढी देशबाट भर्चुअल रूपमा सहभागिता हुने बताउनुभयो । पौडेलका अनुसार- २२ मङ्सिर अर्थात् डिसेम्बर ८ शुक्रवारका दिन ललितपुरको पुलचोकमा आयोजना गरिने कार्यक्रममा मर्यादित महिनावारीमा युवाको भूमिका विषयमा नीति संवाद हुनेछ ।
बालविवाह र महिनावारी विभेद विरुद्धको कवितासँगै कार्यक्रम सुरु हुनेछ । दिवसको अवसरमा मर्यादित महिनावारी बारे पहिलो प्रशिक्षण पुस्तिका मर्यादित महिनावारीका १५ सवालमा पत्रकाहरुले लेखेको फेलोसिप किताब पनि विमोचन गरिने छ । सो अवसरमा मर्यादित महिनावारीका विषयमा भएको अन्तर्राष्ट्रिय चित्रकला प्रतियोगिता र राष्ट्रिय निबन्ध प्रतियोगिताका विजेता घोषणा समेत गरिनेछ ।
संयुक्त राष्ट्र सङ्घले घोषणा गरेको महिला हिंसा विरुद्धको १६ दिने अभियानको १४ औँ दिन, डिसेम्बर ८ लाई अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसको रूपमा मान्यता दिन संयुक्त राष्ट्र सङ्घको महासभामा दबाब दिइँदै आएको छ ।
यस पटक पनि दक्षिण गोर्लादीय मर्यादित महिनावारी सञ्जालले नेपाल भ्रमणका अवसरमा संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई ज्ञापनपत्र समेत बुझाइएको थियो ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
- प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?
- नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त
- विद्युत् सेवा बन्द हुँदा ४८० घरधुरी अन्धकारमा बस्न बाध्य
- महेन्द्रनगर बजार : सौन्दर्यीकरणका कामसँगै थपियो उत्साह
- भारत र पाकिस्तानबीचको तनावप्रति नेपाल सचेत रहनुपर्नेमा जोड
- कञ्चनपुर-कमला सडक विस्तार: लहानमा ‘ओभरपास’ निर्माण थालियो
- भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही सुरु, तनाव चुलियो
- राष्ट्रिय सूचना आयोगको १८औँ स्थापना दिवसमा प्रधान सम्पादक दाहाल सम्मानित
- बालीनालीमा छरेको विषादीले मौरी सखाप
