जापानमा भूकम्प: मृत्यु हुनेको संख्या १६१ पुग्यो, दुई हजारभन्दा बढी सम्पर्कविहीन

अङ्ग्रेजी नयाँ वर्षको दिन गएको भूकम्पमा परी जापानमा मृत्यु हुनेको संख्या १६१ पुगेको छ भने  दुई हजारभन्दा बढी मानिस अझै पनि सम्पर्कविहीन भएका छन् ।  धेरैलाई आपतकालीन आश्रयस्थलमा राखिएको छ ।

मध्य इशिकावा क्षेत्रमा ७.५ म्याग्नीच्यूडको भूकम्पका कारण भवनहरू भत्केको, आगलागी भएको र एक मिटरभन्दा अग्लो सुनामीको छाल आएको साथै भूकम्प र यसबाट निम्तिएका दुर्घटनाका कारण मृत्यु हुनेको सङ्ख्या १६१ पुगेको छ भने १०३ जना अझै हराइरहेका अधिकारीहरूले बताएका छन् ।

सोमबार भूकम्प आएको नोटो प्रायद्वीपका धेरै समुदायहरू भूकम्पका कारण क्षतिग्रस्त सडकहरूले गर्दा राजमार्ग तथा सडक सञ्जालबाट टाढा हुनुपरेको छ । अनुमानित एक हजार पहिरोहरूमध्ये केहीले सडकमार्गलाई पुरेको वा भत्काएका कारणत्यहाँ सहायताका लागि पठाइएका यातायातका साधनहरू पनि बाटोमा नै अलपत्र बनेका छन् ।

पछिल्लो दुई दिनयता यस क्षेत्रमा हिउँ परेको छ र केही क्षेत्रमा रातभर १० सेन्टिमिटर (चार इन्च) भन्दा बढी पानी परेको छ ।

सुजु शहरमा भत्किएको घरको भग्नावशेषमुनि ९० बर्षभन्दा बढी उमेरकी एक महिलालाई पाँच दिनपछि शनिबार जीबितै उद्धार गरिएको थियो ।

यसैबिच घटनापछि जापानमा भूकम्प पूर्वानुमान गर्ने एआई प्रविधिको आवश्यकता विषयमा बहस भइरहेको छ ।  

घटनाले भूकम्पको पूर्वानुमान गर्ने र सूचना दिने एआई प्रणालीको आवश्यकता रहेको देखाएको छ । जसरी अहिले एआईको क्षेत्रमा ठुलो प्रगति भइरहेको छ, सोही कारण चाँडै नै भूकम्प पूर्वानुमानमा गर्ने एआई प्रविधिको सफलता हासिल हुन सक्ने वैज्ञानिकहरूले विश्वास गरेका छन्।

यस भूकम्प पूर्वानुमान प्रविधि बारे केही वर्ष अगाडि देखि अनुसन्धानहरू सुरु भइसकेको छ । गत वर्ष अमेरिकाको टेक्सस विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले चीनमा सात महिना सो विषयमा परीक्षण गरे। सेप्टेम्बरमा ‘सिस्मोलॉजिकल सोसाइटी अफ अमेरिका’ बुलेटिनमा प्रकाशित सो अध्ययनले एआई एल्गोरिदमले ७०% भूकम्पको एक हप्ता अघि नै सही भविष्यवाणी गरेको खुलासा गरेको थियो।

अन्वेषकहरूले एआईलाई पाँच वर्षको भूकम्प रेकर्डिङ प्रयोग गरेर तालिम दिएका थिए भने अहिलेको भूकम्पीय गतिविधिमा आधारित आगामी भूकम्पहरू पूर्वानुमान गर्ने परीक्षण गरिएको थियो ।

अन्वेषकहरूको अर्को समूहले प्रारम्भिक भूकम्प पछि सम्भावित परकम्पहरूको स्थानहरू पूर्वानुमान गर्न न्युरल नेटवर्कहरूको विकास गरेका छन् ।  अरूले भूकम्पीय तरङ्गहरू पत्ता लगाउन पृथ्वीको टेक्टोनिक गतिविधिको क्रममा हुने कम्पनमा मेसिन लर्निङ प्रयोग गरिरहेका छन् ।

२०१३ मा भूकम्पविद् एली हचिसनको एमआईटी टेक्नोलोजीको समीक्षा अनुसार भूकम्पको भविष्यवाणीलाई खारेज गरिएको थियो। साथै आजसम्म कुनै पनि वैज्ञानिकहरूले ठुलो भूकम्पको सफलतापूर्वक भविष्यवाणी नगरेको यूएस जियोलोजिकल सर्भेको दाबी छ ।

तैपनि, एआई मा भएको प्रगति र भूकम्पको भविष्यवाणीमा बढ्दो अनुसन्धानले वैज्ञानिकहरूका बिचमा आशावादलाई बढुवा दिइरहेको छ, जसले थप सफलताहरूको सम्भावना देखाउँछ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link